default_image

3 years ago

June 21, 2022

नेपाल हङकङसँग पराजित

255 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी महिला टि२० च्याम्पियनसिपमा हङकङसँग ७ विकेटले पराजित भएको छ । यो हारसँगै नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल खेल्ने सम्भावना लगभग सकिएको छ । नेपालले समूह उपविजेताको रुपमा सेमिफाइनल खेल्नेछ ।

जितको लागि १ सय १० रनको विजयी लक्ष्य पछ्याएको हङकङले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको जितमा प्रमुख ब्याटर मारिको हिल ३२ बलमा ९ चौकासहित सर्वाधिक ४५ रनको योगदान दिईन् । बेल्ला पुन १० बलमा २ चौकासहित ९ रनमा आउट भइन् ।

ओपनर पुन र हिलले ३ ओभरमा २८ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाए । पुन सीता रानामगरको बलमा एबलीडब्लू आउट हुन पुगिन् । दोस्रो विकेटका लागि नताशा मिल्स र हिलले ४३ रनको साझेदारी गर्दै हङकङको जित पक्का गराए ।

मिल्स ३४ बलमा ३ चौकासहित २८ रनमा अविजित रहिन् । कप्तान केरी चान १४ बलमा २ चौकासहित १७ रनमा आउट भइन् । नेपालको संगिता राईले २ ओभरमा २० रन खर्चेर २ विकेट लिइन् । सीता रानामगरले एक विकेट लिइन् ।

त्यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले ३६ बलमा ४ चौकासहित सर्वाधिक ३२ रनमा अविजित रहिन् । ओपनर विन्दु रावल २९ बलमा ३ चौकासहित २३ रनमा आउट भइन् ।

सातौं विकेटका लागि अप्सरी बेगम र रुविनाले ४४ रनको अविजित साझेदारीको गरेका थिए । अप्सरी १६ बलमा २ चौकासहित २२ रनमा अविजित रहिन् । नेपाललाई ओपनर सीता रानामगर र विन्दु रावलले ३.४ ओभरमा १८ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए । सीता १० बलमा १ चौकासहित ९ रनमा रन आउट भइन् ।

शीर्षक्रमकी ब्याटर इन्दु बर्मा १० बल खेल्दा खाता नखोली बोल्ड आउट भइन् । इन्दु बेट्टी चानको सातौं ओभरको अन्तिम बलमा बोल्ड भइन् । काजोज श्रेष्ठलाई चानले नै एक रनमा बोल्ड गरिन् । विन्दु रावललाई दशौं ओभरको पाँचौं बलमा मर्याम बिवी एलबीडब्लू आउट गरेकी थिइन् । ममता चौधरी १० बलमा १ चौकासहित ७ रनमा रन आउट भइन् ।

कविता जोशी एलिसा हब्र्बाडको बलमा चार रनमा बोल्ड हुँदा नेपाल १४.५ ओभरमा ६५–६ को कमजोर अवस्थामा पुगेको थियो । हङकङकी बेट्टी चानले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । एलिसा हब्र्बाडले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । मर्याम बिवीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् ।

समूह बी मा रहेको नेपाल ४ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । नेपाल शीर्षस्थानमा रहँदै सेमिफाइनल खेल्न अन्तिम खेलमा हङकङ कुवेतसँग फराकिलो अन्तरले पराजित हुनुपर्छ ।

हङकङ विजयी हुँदा भने नेपाल समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेल्नेछ । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड हुनेछन् ।

अंक तालिका

नेपाल ४ खेलमा ६ अंकका साथ समूह बी मा शीर्ष स्थानमा छ । हङकङ ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । कुवेत ३ खेलमा ३ अंक जोड्दै तेस्रो स्थानमा छ । बहराइन ३ खेलमा २ मा हारका साथ १ अंक जोड्दै चौथो र भुटान २ खेलमा अंक बिहीन हुँदै पुछारमा छ ।

युएई समूह ए मा ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै शीर्षस्थानमा छ । मलेसिया ३ खेलमा २ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा छ । कतार ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । सिंगापुर ४ खेलमा २ अंकका साथ चौथो र ओमान ३ खेलमा १ अंकका साथ पुछारमा छ ।

असार १० (जुन २४ ) – सेमिफाइनल

असार ११ जुन २५ ) – फाइनल

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.