default_image

9 years ago

December 14, 2016

धनगढीमा सगरमाथा सिमेन्ट डिपिएल चैतमा , विजेताले १५ लाख पाउने

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बर्षको अन्तिम महिनामा सुदूरपश्चिमाञ्चलको धनगढीमा सर्वाधिक पुरस्कार राशीको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट आयोजना हुने भएको छ । धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडमी (एसपिए) को संयुक्त आयोजनामा हुने टि ट्वान्टी प्रतियोगिताको विजेताले १५ र दोस्रो हुने टोलीले ७ लाख रुपैयाँ पाउने बुधबार राजधानीमा आयोजित प्रतियोगितामा जानकारी दिइयो । घरेलु क्रिकेटमा यो अलिहे सम्मकै ठूलो धनराशीको पुरस्कार हो ।

dpl1

धनगढी क्रिकेट क्लबका अध्यक्ष सुवास शाहीले होटल डिभोटी एसपिए कप र सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगलाई मर्ज गरेर नयाँ स्वरुपमा समगरमाथा सिमेन्ट डिपिएल आयोजना गर्न लागिएको बताए । प्रतियोगिता चैत ५ गतेबाट सुरु हुनेछ । प्रतियोगितामा छ टोलीको सहभागिता रहनेछ । देश ६ शहरको नामबाट सहभागी हुने क्लबको नाम पुस २१ गते सार्वजनिक गरिने अध्यक्ष शाहीलेब बताए । सोही दिन टोलीको नाम, मालिक र कप्तानको नाम सार्वजनिक गरिने बताइएको छ ।

अहिले सम्म धनगढी, अत्तरिया, रुपन्देही र काठमाडौंका प्रतियोगितामा भाग लिन तयार भइसकेको जानकारी प्राप्त भएको पनि उक्त अवसरमा जानकारी दिइनेछ । प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले धनगढी क्रिकेट एकेडेमीमा नाम दर्ता गराएपनि खेलाडी चयन ‘अक्सन’ राखिने बताइएको छ । दर्ता हुन चाहाने खेलाडीले एक हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । खेलाडी अक्सन पुस २३ गते राजधानीमा हुनेछ । सहभागि टोलीले ३ विदेशी खेलाडी राख्न पाउने र २ जनासम्म खेलाउन पाउने नियमावली बनाएको छ ।

dpl4

आयोजकले अक्सनका लागि खेलाडीलाई तीन श्रेणीमा विभाजन गर्दै न्यूनत्तम पारिश्रमिक तोकेको छ । आयोजकले राष्ट्रिय टोलीका खेलाडीका लागि ५० हजार, यू १९ राष्ट्रिय टोलीका सदस्य र पूर्व राष्ट्रिय खेलाडीलाई ३० हजार तथा पूर्व यू १९ र कुनै पनि स्तरको प्रतियोगिता नखेलेका खेलाडीका लागि २० हजार रुपैयाँ अक्सन रकम तोकेको छ । लिग चरणमा सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोलीबीच प्ले अफ हुनेछ । पहिलो र दोस्रो टोलीको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीको विजेतासँग फाइनल प्रवेशका लागि पुनः प्रतिस्पर्धा गर्नेछ ।

सोही पत्रकार सम्मेलनमा घोराई सिमेन्ट इण्डष्ट्रिजको उत्पादन सगरमाथा सिमेन्टका निर्देशक सञ्जय बंसल र धनगढी क्रिकेट क्लबका अध्यक्ष शाहीबीच मुख्य प्रायोजनका लागि सम्झौता भएको थियो । सम्झौता रकम १५ लाख रुपैयाँ रहेको छ । राष्ट्रिय टोलीका कप्तान पारसले राजधानी बाहिर क्रिकेट हुनुले क्रिकेटको घरेलु संरचनालाई बलियो बनाउने बताए । तेक्वान्दोका कीर्तिमान खेलाडी दीपक विष्टले सुदूरपश्चिमाञ्चल क्रिकेट शहरका रुपमा विकसित हुँदै गएकोमा खुसी व्यक्त गर्दै क्रिकेट विकासमा लागि परेका शाहीको प्रशंसा गरे ।

dpl-5

नेपाल पयर्टन बोर्ड प्रमुख कार्यकारी अधिकृत देशलाई चिनाउन यस्ता टोली महत्वपूर्ण हुने बताए । प्रतियोगिताको सहप्रयोजनमा राईका टुर एण्ड ट्राभल्स, होटल डिभोटि, वेल्स क्याफे, चौधरी बुक डिपो छन् । त्यस्तै प्रतियोगिताको प्रबद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड, राष्ट्रिय खेलकुद परिषद, धनगढी उपमहानगरपालिका, होटल ब्यबसायी संघ कैलाली, जिविस कैलाली र क्रिकेट प्लेयर्स एसोसियसन नेपाल (इप्यान) छन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.