3 years ago
June 24, 2022
एजेन्सी – घरेलु टोली मलेसियाले एसिसी महिला टि२० च्याम्पियनसिपमा हङकङलाई १२ रनले स्तब्ध पार्दै फाइनलमा स्थान बनाएको छ । योसँगै मलेसिया र युएई फाइनलमा पुग्दै एसिया कपमा स्थान बनाएका छन् ।

जितको लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको हङकङले निर्धारित ११ ओभरमा ८ विकेट गुमाउँदै ७४ रन बनायो । वर्षाको कारण खेल ११–११ ओभरमा झारिएको थियो । हङकङकी कर्या चानले १० बलमा ३ चौकासहित सर्वाधिक १९ रन बनाइन् । मारिको हिल ९ बलमा १ चौकासहित १२ रनमा आउट भइन् । प्रमुख खेलाडी हिल रन आउट हुनुनै हङकङको हारको कारण बन्यो ।
हङकङले सुरुवाती तीन ओभरमै ३८ रन जोड्दै सहज जितको संकेत दिएको थियो । त्यसपछि ४८ बलमा हङकङले ४९ रन मात्र बनाएपछि एसिया कप खेल्ने अवसर गुमाएको थियो । नताशा मिल्स ८ र यस्मिन दस्वानी १० रनमा आउट भइन् ।
मलेसियाकी सषा अज्मी र निक नुरले २–२ विकेट लिए । त्यसअघि किनरारा एकेडेमी ओभलमा टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ८६ रन बनाएको थियो । मलेसियाकी मास एलिसाले २४ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहिन् ।

विनिफ्रेड दुराईसिंघमले २१ बलमा ३ चौकासहित सर्वाधिक २६ रन बनाइन् । वान जुलिया र ईशा हुन्टरले १०(१० रन बनाए । हङकङकी मर्याम विबीले दुई विकेट लिइन् ।
पहिलो सेमिफाइनलमा भने युएई समूह विजेताको रुपमा फाइनलमा पुग्यो । किनरारा ओभलमा टस हारेर ब्याटिङ थालेको युएई १९.५ ओभरमा ८१ रनमा अल आउट भएको थियो । युएईकी ईशा ओझाले १५ र कप्तान चया मुघलले १४ रन बनाइन् । नेपालकी अश्मिना कर्माचार्यले ३.५ ओभरमा १० रन खर्चेर ५ विकेट लिइन् । इन्दु बर्माले तीन र सीता रानामगरले दुई विकेट लिए ।

तर वर्षाको कारण दोस्रो इनिङ हुन नसक्दा युएई समूह विजेताको रुपमा फाइनलमा पुगेको हो । युएई समूह ए को विजेता र मलेसिया उपविजेता हुन् । नेपाल समूह बी को उप विजेता र हङकङ समूह विजेता रुपमा सेमिफाइनल खेलेका थिए ।
एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, थाईल्यान्ड, मलेसिया र युएई हुनेछन् । मलेसिया र युएईबीचको फाइनल शनिबार हुनेछ । समूह चरणका खेलमा मलेसिया युएईसँग ३१ रनले पराजित भएको थियो । हालसम्म चार टि२० आई खेल हुँदा मलेसियाले युएईलाई हराउन सकेको छैन ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]