default_image

3 years ago

June 24, 2022

भारतविरुद्ध पन्तको अर्धशतक

165 views

0 Bookmark

एजेन्सी – विकेटकिपर ऋषभ पन्तले चार दिनको अभ्यास खेलमा लेस्टरशायरबाट भारतविरुद्ध अर्धशतक प्रहार गरेका छन् । दोस्रो दिनको खेल जारी रहँदा लेस्टरशायर दुई रनले पहिलो इनिङमा पछि परेको छ ।

लेस्टरशायर पहिलो इनिङमा ५७ ओभरमा २ सय ४४ रनमा अल आउट भयो । लेस्टरशायरको लागि पन्तले ८७ बलमा १४ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनमा आउट भए । पन्त रविन्द्र जडेजाको बलमा श्रेयस ऐरबाट क्याच आउट भए ।

लुईस किम्बर ३१, जोय इभिसन २२, ऋषि पटेल र रोमान वाल्कर ३४–३४ रनमा आउट भए । चेतेश्वर पुजारा भने डक आउट भए । भारतका मोहम्मद शामी र रविन्द्र जडेजाले तीन तीन विकेट लिए । मोहम्मद शिराज र शार्दुल ठाकुरले दुई दुई विकेट लिए ।

त्यसअघि ग्रेस रोड लेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले २४६/८ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । भारतका विकेटकिपर श्रीकर भरतले १ सय ११ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७० रन बनाए । रोहित शर्मा २५, सुभमन गिल २१, हनुमा विहारी ३, विराट कोहली ३३, श्रेयस ऐर डक, जडेजा १३, शार्दुल ठाकुर ६ र उमेश यादव २३ रनमा आउट भए ।

लेस्टरशायरका २१ वर्षीय तीव्र गतिका बलर रोमान वाल्करले सर्वाधिक पाँच विकेट लिए । विल डेभिसको नाममा दुई विकेट रह्यो । भारतका जस्प्रित बुमराह, पुजारा, पन्त र प्रसिद्ध कृष्णले लेस्टरशायरबाट भारतविरुद्ध अभ्यास खेल खेलेका छन् । गतवर्ष भारत र इंग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट खेल कोरोना कारण स्थगित भएको थियो । उक्त खेल १ जुलाईदेखि बर्मिङ्घममा सुरुहुनेछ ।

त्यसअघि भारतले इंग्ल्यान्डको चर्चित काउन्ट्री क्लब लेस्टरशायरसँग चार दिनको अभ्यास खेल खेलेको हो । पाँच टेस्टको सिरिजमा भारत २–१ ले अघि छ । उक्त टेस्ट खेलपछि तीन टि२० आई र तीन ओडिआई खेलको सिरिज हुनेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.