default_image

2 years ago

June 27, 2022

नेपाली अल स्टार्सद्धारा क्यानलाई २१ लाख सहयोग

52 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकामा रहेको नेपाली समुदायको नेपाली अल स्टार्सले नेपाल क्रिकेट संघ (क्यान) दुई दिवसिय क्रिकेट प्रतियोगिता आयोजना गर्न २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको लागि स्कटल्यान्ड र क्यानाडासँग सिरिज खेल्ने राष्ट्रिय टोलीलाई बिदाई कार्यक्रममा नेपाली अल स्टार्सका निर्देशक सञ्जय शर्माले क्यानलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सञ्जयले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशनसिंहलाई २१ लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेका हुन् । उक्त रकम क्यानले दुई दिवसिय क्रिकेट प्रतियोगिता आयोजना गर्न खर्च गर्नेछ ।

‘नेपाली क्रिकेटमा बिदाई कार्यक्रममा निमन्त्रणा गरेकोमा धन्यावाद । नेपालमा दुई दिवसिय क्रिकेट प्रतियोगिता गर्न एउटा सानो प्रपोजल आएको थियो । त्यस अनुसार सानो सहयोग गर्न चाहन्छौं’, शर्माले रकम हस्तान्तरण गर्नुअघि भने ।

नेपाली क्रिकेट टोलीले २०१८ देखि ओडिआई मान्यता पाएपनि हालसम्म दुई दिवसिय क्रिकेट प्रतियोगिता आयोजना हुन सकेको छैन । क्रिकेट विकासको लागि डे क्रिकेट निकै आवश्यक हुन्छ । त्यसको लागि क्यानले दुई दिवसिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ ।

अल स्टार्सले केहि साता अघि नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्क ओडिआई सिरिजको लागि अमेरिका भ्रमण गर्दा दुई अभ्यास खेलको ब्यवस्था मिलाएको थियो । अल स्टार्सकै सहयोगमा नेपाली टोली दुई साता अघिनै अमेरिका गएर अभ्यास खेल खेलेको थियो ।

नेपाली खेलाडी पृथु बाँस्कोटा सम्मिलित नेपाली अल स्टार्ससँग नेपाल ४ विकेटले पराजित भएको थियो । ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको थियो । हरिकेन्सलाई हराउन रोहित पौडेलले कप्तानी गर्दै १ सय १ रनको शतकीय र सोमपाल कामीले पाँच विकेट लिएका थिए ।

अल स्टार्सले अमेरिकामा रहेर नेपाली क्रिकेटलाई सहयोग गर्दै आएको छ । यसअघि नेपालबाट २०१७ मा एक्स क्रिकेट युएसए कप खेल्न पारस खड्का सहित ८ सिनियर खेलाडीलाई बोलाएको थियो । जुन उपाधि नेपाली राइनोजले नै जितेको थियो । अल स्टार्सको पृथु कप्तान हुँदा बसन्त रेग्मी, बदरदान चासिले र पूर्व स्टार ब्याटर कनिष्क चौगाईं जस्ता खेलाडी रहेका छन् ।

यो पनि पढ्नुहोस् : नेपाली क्रिकेटमा हराएको ‘रातो बल र सेतो जर्सी’

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

Success

Thank you for your time.