default_image

2 years ago

July 2, 2022

क्यानाडामा नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर विनोद भण्डारीको अर्धशतकको सहयोगमा नेपालले क्यानाडा भ्रमणमा पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । उसका लागि ओपनर रियाजखान पठानले ८१ बलमा ३ चौकासहित […]

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर विनोद भण्डारीको अर्धशतकको सहयोगमा नेपालले क्यानाडा भ्रमणमा पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । उसका लागि ओपनर रियाजखान पठानले ८१ बलमा ३ चौकासहित सर्वाधिक ३६ रन बनाए । जश शाह ४४ बलमा ३ चौकासहित २० रनमा आउट भए ।

पहिलो विकेटका लागि यी दुई ओपनरले १३.३ ओभरमा ४३ रनको साझेदारी गरेका थिए । त्यसपछि निरन्तर विकेट गुमायो । मिहिर पटेल ४, नरेश बुढाऐर ४८ बलमा २ चौका र १ छक्कासहित २९ र निकोलस मनोहर २५ रनमा आउट भए । नेपालबाट खेली सकेका बुढाऐर पवन सरार्फको बलमा विनोद भण्डारीबाट क्याच आउट भए ।

नेपालका पवन सरार्फले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ७ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । किशोर महतोले ६ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि किंग सिटीमा मेपल लिफ मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित ५० अ‍ोभरमा ८ विकेट गुमाउँदै २ सय २० रन बनायो । नेपालका विनोद भण्डारीले ५९ बलमा ८ चौकासहित सर्वाधिक ५७ रनको योगदान दिए । एक समय ११६-५ को स्थीतिमा पुगेको नेपाललाई विनोद भण्डारीको अर्धशतकले प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएको थियो ।

नेपालका ओपनर आसिफ शेख ७५ बलमा ४ चौकासहित ४२ रनमा रन आउट भए । नेपाललाई पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले १०.१ ओभरमा ३१ रनको साझेदारी गर्दै सुस्त सुरुवात दिलाएका थिए । कुशल शिल पटेलको बलमा मिहिर पटेलबाट २९ बलमा २ चौकासहित १३ रनमा क्याच आउट भए ।

देव खनाल ४४ बलमा २ चौकासहित २७ रनमा क्याच भए । दोस्रो विकेटका लागि देव खनाल र आसिफले ५० रनको साझेदारी गरेका थिए । उपकप्तान रोहित पौडेल दर्शिल पटेलको बलमा २ रनमा क्याच आउट भए ।

आरिफ शेख अमर खालिदको २६ औं ओभरको अन्तिम बलमा रन आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी र आरिफ शेख समान १९(१९ रनमा आउट भए । बसिर अहमदले २६ बलमा २४ रन र आदिल अन्सारीले १० रन जोडे । ओन्टारियोको शील पटेलले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

नेपालले अव क्यानाडासँग दुई एकदिवसिय खेलपछि टोली स्कटल्यान्ड जानेछ । नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक ओडिआई सिरिज हुनेछ ।

 नेपाललाई आगमी वर्ष हुने एकदिवसिय विश्वकप ग्लोबल छनोट सिधैं खेल्न र ओडिआई मान्यतालाई निरन्रता दिन बाँकी सबै खेल खेल्नु पर्ने हुन्छ । नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेल टाईका साथ १५ अंक जोड्दै पाँचौं स्थानमा छ ।

नेपाललाई सिधैं विश्वकप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ । अन्यथा प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफबाट ६ टोलीको खेलमा पुन शीर्ष दुईमा पर्न सके विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । ओडिआई मान्यतालाई निरन्तरता दिन अंक तालिकामा शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, बसिर अहमद, किशोर महतो, पवन सरार्फ र विनोद भण्डारी (विकेटकिपर) ।

नेपालको खेल तालिका

असार १७ (जुलाई १) : नेपालविरुद्ध ओन्टारियो अभ्यास खेल

असार २० (जुलाई ४) – नेपालविरुद्ध क्यानाडा, पहिलो एकदिवसिय खेल

असार २१ ( जुलाई ५) – नेपालविरुद्ध क्यानाडा, दोस्रो एकदिवसिय खेल

स्कटल्यान्ड भ्रमणमा नेपालको खेल तालिका

असार २७ ( जुलाई ११) – नामिवियाविरुद्ध नेपाल

असार २९ ( जुलाई १३) – स्कटल्यान्डविरुद्ध नेपाल

असार ३२ ( जुलाई १६) – नेपालविरुद्ध नामिबिया

साउन १ ( जुलाई १७) – नेपालविरुद्ध स्कटल्यान्ड

अंक तालिका

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २० खेलमा १३ मा जित र ५ मा हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा छ । नामिबिया १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.