default_image

2 years ago

July 4, 2022

इंग्ल्यान्डलाई भारतको विशाल लक्ष्य

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले पाँचौं तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्डलाई ३ सय ७८ रनको विशाल लक्ष्य दिएको छ । यो खेल भारत जितेमा वा वराबरीमा रोकेमा पनि सिरिज जित्नेछ । भारत चौथो दिन दोस्रो सेसनमा दोस्रो इनिङमा २ सय ४५ रनमा अल आउट भयो । पहिलो इनिङमा १ सय ३२ […]

61 views

0 Bookmark

एजेन्सी – विकेटकिपर ऋषभ पन्तको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले पाँचौं तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्डलाई ३ सय ७८ रनको विशाल लक्ष्य दिएको छ । यो खेल भारत जितेमा वा वराबरीमा रोकेमा पनि सिरिज जित्नेछ ।

भारत चौथो दिन दोस्रो सेसनमा दोस्रो इनिङमा २ सय ४५ रनमा अल आउट भयो । पहिलो इनिङमा १ सय ३२ रनले अग्रता लिएको हुँदा समग्रमा ३ सय ७८ रनको लक्ष्य दिएको हो । चौथो दिन झण्डै ६० ओभरको खेल बाँकी छ । पाँचौंं दिन वर्षाले प्रभावित नभएमा पुरा दिन ब्याटिङ गर्नेछ ।

पाँच सेसनमा गरी इंग्ल्यान्डले झण्डै १ सय ५० ओभर ब्याटिङ गर्न पाउनेछ । इंग्ल्यान्ड विजयी हुँदा २(२ को बराबरीमा सिरिज सकिनेछ । पराजित हुँदा इंग्ल्यान्डले ३-२ ले सिरिज गुमाउने छ । बराबरी हुँदा इंग्ल्यान्डले सिरिज २-१ ले गुमाउने छ । त्यसैले इंग्ल्यान्डलाई जित्नै पर्ने दबाब छ ।

भारतका विकेटकिपर ऋषभ पन्तले ८६ बलमा ८ चौका सहित ५७ रनको योगदान दिए । चेतेश्वर पुजाराले १ सय ६८ बलमा ८ चौकासहित सर्वाधिक ६६ रनको योगदान दिए । चौथो विकेटका लागि पुजारा र पन्तले ७८ रनको साझेदारी गरेका थिए । यी दुई बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर शुभमन गिल ४, हनुमा विहारी ११ र विराट कोहली २० रनमा आउट भए । श्रेयस ऐर १९, रविन्द्र जडेजा २३, शार्दुल ठाकुर ४ र मोहम्मद शामीले १३ रन बनाए । इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले सर्वाधिक चार विकेट लिए । स्टुअर्ट ब्रोड र म्याथ्यु पट्सले २(२ विकेट लिए । जेम्स एन्डरसन र ज्याक लिचले १-१ विकेट लिए ।

त्यसअघि इंग्ल्यान्ड पहिलो इनिङमा २ सय ८४ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका जोनी बेयरस्टोले १ सय ४० बलमा १४ चौका र २ छक्कासहित १ सय ६ रनको शतकीय इनिङ खेले । बेयरस्टोको यो टेस्ट करिअरको ११ औं शतक हो । बेयरस्टो बाहेक अन्य ब्याटर नचल्दा इंग्ल्यान्ड पहिलो इनिङमै फराकिलो अन्तर पछि परेको थियो ।

जो रुट ६७ बलमा ४ चौकासहित ३१ र साम बलिङ्ग्स ५७ बलमा ४ चौकासहित ३६ रनमा आउट भए । म्याथ्यु पट्स १९, बेन स्टोक्स२५, ओली पोप १० र ज्याक क्रली ९ रनमा आउट भए । भारतका मोहम्मद शिराजले सर्वाधिक चार र जस्प्रित बुमराहले तीन विकेट लिए । मोहम्मद शामीको नाममा दुई विकेट रह्यो ।

त्यसअघि बर्मिङ्घममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा ४ सय १६ रनमा अल आउट भयो । भारतका विकेटकिपर ऋषभ पन्तले १ सय ११ बलमा २० चौका र ४ छक्कासहित १ सय ४६ रनको सानदार शतकीय इनिङ खेले । पन्तको यो टेस्ट करिअरको पाँचौं शतक हो । पन्त जो रुटको बलमा एज लागेर फस्ट स्लिपमा ज्याक क्रलीबाट क्याच आउट भएका थिए ।

एक समय ९८–५ को खराब सुरुवात गरेको भारतलाई छैटौं विकेटका लागि रविन्द्र जडेजा र ऋषभ पन्तले २ सय २२ रनको दोहोरो शतकीय साझेदारी गर्दै बलियो अवस्थामा पुर्याएका थिए । जडेजा १ सय ९४ बलमा १३ चौकासहित १ सय ४ रनमा आउट भए ।

तीव्र गतिका बलर जिमी एन्डरसनले ओपनर सुभमन गिललाई १७ र चेतेश्वर पुजारालाई १३ रनमा ज्याक क्रलीबाट क्याच गराए । हनुमा विहारीलाई युवा तीव्र गतिका बलर म्याथ्यु पट्सले २० रनमा एलबीडब्लू आउट गरे । भारतका प्रमुख ब्याटर विराट कोहली पट्सको बलमा ११ रनमा बोल्ड भएपछि इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको थियो ।

श्रेयस ऐर १५ रनमा क्याच भए । एन्डरसनको बलमा विकेटकिपर साम बिलिंग्सले एक हातले उत्कृष्ट क्याच लिएका थिए । तर त्यसपछि पन्त र जडेजाले भारतलाई खेलमा फर्काएका थिए ।

बुमराह १६ बलमा ४ चौका र २ छक्कासहित ३१ रनमा अविजित रहे । स्टुअर्ट बोर्डको ओभरमा चार लेगवाई सहित बुमराहले एकै ओभरमा ३५ रन जोडेका थिए । जुन टेस्ट क्रिकेटमा एकै ओभरमा बनेको सर्वाधिक धेरै रन हो । इंग्ल्यान्डका जेम्स एन्डरसनले सर्वाधिक पाँच विकेट लिए । म्याथ्यु पट्सको नाममा १ विकेट रह्यो ।

यस सिरिज गतवर्ष सेप्टेम्बरमा कोरोना कारण स्थगित भएको थियो । पाँच खेलको सिरिजमा भारत २–१ ले अघि छ । पहिलो खेल बराबरी हुँदा दोस्रो खेल भारतले १ सय ५१ रनले जितेको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड इनिङ अन्तरले ७६ रनले विजयी हुँदा चौथो खेलमा १ सय ५७ रनले पराजित भएको थियो ।

बर्मिङ्घममा भारतले हालसम्म टेस्ट खेलमा जित हात पारेको छैन । इंग्ल्यान्डमा २००७ पछि पहिलो टेस्ट सिरिज जित्ने लक्ष्यमा छ । २००७ मा भारतले तीन टेस्ट खेलको सिरिज १–० ले जितेको थियो । इंग्ल्यान्डमा भारतले हालसम्म तीन टेस्ट खेल पनि जित्न सकेको छैन ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.