default_image

2 years ago

July 4, 2022

भारतविरुद्ध सानदार ब्याटिङसँगै इंग्ल्यान्ड जित नजिक

एजेन्सी – सानदार ब्याटिङसँगै भारतसँगको पाँचौं तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्ड सहज जिततर्फ अघि बढेको छ । चौथो दिनको समाप्तिमा ३ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ५७ ओभरमा ३ विकेट गुमाउँदै २ सय ५९ रन बनाएको छ । इंग्ल्यान्डका प्रमुुख ब्याटर जो रुट १ सय १२ बलमा ९ चौकासहित ७६ रनमा […]

124 views

0 Bookmark

एजेन्सी – सानदार ब्याटिङसँगै भारतसँगको पाँचौं तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली इंग्ल्यान्ड सहज जिततर्फ अघि बढेको छ । चौथो दिनको समाप्तिमा ३ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ५७ ओभरमा ३ विकेट गुमाउँदै २ सय ५९ रन बनाएको छ ।

इंग्ल्यान्डका प्रमुुख ब्याटर जो रुट १ सय १२ बलमा ९ चौकासहित ७६ रनमा अविजित छन् । जोनी बेयरस्टो ८७ बलमा ८ चौका र १ छक्कासहित ७२ रनमा अविजित छन् । चौथो विकेटका लागि रुट र बेयरस्टोले १ सय ५० रनको अविजित साझेदारी गरेपछि सहज जित नजिक पुगेको हो । अन्तिम दिन इंग्ल्यान्डलाई जितको लागि १ सय १९ रन आवश्यक पर्दा ७ विकेट हातमा छ । नाटकीय विकेट पतन नभएमा इंग्ल्यान्डले सहज जित हात पार्ने देखिन्छ ।

इंग्ल्यान्डलाई ओपनर ज्याक क्रली र एलेक्स लिसले २१.४ ओभरमा १ सय ७ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । जस्प्रित बुमराहले क्रलीलाई ४६ रनमा बोल्ड गर्दै साझेदारी तोडे । युवा ब्याटर क्रलीले ७६ बलमा ७ चौका प्रहार गरे । ओली पोप बुमराहको बलमा विकेटकिपर ऋषभ पन्तबाट शून्यमा आउट भए ।


लिस ६५ बलमा ८ चौकासहित ५६ रनमा रन आउट भएका थिए । दुई रन जोड्न तीन विकेट गुमाएपछि इंग्ल्यान्ड राम्रो सुरुवातका बाबजुद १०९–३ को अवस्थामा पुगेको थियो । त्यसपछि रुट र बेयरस्टोले उत्कृष्ट ब्याटिङ गर्दै जितको आधार तय गरेका हुन् ।

त्यसअघि चौथो दिन दोस्रो सेसनमा भारत २ सय ४५ रनमा अल आउट भयो । पहिलो इनिङमा १ सय ३२ रनले अग्रता लिएको हुँदा समग्रमा ३ सय ७८ रनको लक्ष्य दिएको हो । भारतका विकेटकिपर ऋषभ पन्तले ८६ बलमा ८ चौका सहित ५७ रनको योगदान दिए । चेतेश्वर पुजाराले १ सय ६८ बलमा ८ चौकासहित सर्वाधिक ६६ रनको योगदान दिए ।

ओपनर शुभमन गिल ४, हनुमा विहारी ११ र विराट कोहली २० रनमा आउट भए । श्रेयस ऐर १९, रविन्द्र जडेजा २३, शार्दुल ठाकुर ४ र मोहम्मद शामीले १३ रन बनाए । इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले सर्वाधिक चार विकेट लिए । स्टुअर्ट ब्रोड र म्याथ्यु पट्सले २-२ विकेट लिए । जेम्स एन्डरसन र ज्याक लीचले १-१ विकेट लिए ।

त्यसअघि इंग्ल्यान्ड पहिलो इनिङमा २ सय ८४ रनमा अल आउट भयो । इंग्ल्यान्डका जोनी बेयरस्टोले १ सय ४० बलमा १४ चौका र २ छक्कासहित १ सय ६ रनको शतकीय इनिङ खेले । बेयरस्टोको यो टेस्ट करिअरको ११ औं शतक हो ।

जो रुट ६७ बलमा ४ चौकासहित ३१ र साम बलिङ्ग्स ५७ बलमा ४ चौकासहित ३६ रनमा आउट भए । म्याथ्यु पट्स १९, बेन स्टोक्स २५, ओली पोप १० र ज्याक क्रली ९ रनमा आउट भए । भारतका मोहम्मद शिराजले सर्वाधिक चार र जस्प्रित बुमराहले तीन विकेट लिए । मोहम्मद शामीको नाममा दुई विकेट रह्यो ।

त्यसअघि बर्मिङ्घममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत पहिलो इनिङमा ४ सय १६ रनमा अल आउट भयो । भारतका विकेटकिपर ऋषभ पन्तले १ सय ११ बलमा २० चौका र ४ छक्कासहित १ सय ४६ रनको सानदार शतकीय इनिङ खेले । पन्तको यो टेस्ट करिअरको पाँचौं शतक हो ।

एक समय ९८–५ को खराब सुरुवात गरेको भारतलाई छैटौं विकेटका लागि रविन्द्र जडेजा र ऋषभ पन्तले २ सय २२ रनको दोहोरो शतकीय साझेदारी गर्दै बलियो अवस्थामा पुर्याएका थिए । जडेजा १ सय ९४ बलमा १३ चौकासहित १ सय ४ रनमा आउट भए ।

तीव्र गतिका बलर जिमी एन्डरसनले ओपनर सुभमन गिललाई १७ र चेतेश्वर पुजारालाई १३ रनमा ज्याक क्रलीबाट क्याच गराए । हनुमा विहारीलाई युवा तीव्र गतिका बलर म्याथ्यु पट्सले २० रनमा एलबीडब्लू आउट गरे । भारतका प्रमुख ब्याटर विराट कोहली पट्सको बलमा ११ रनमा बोल्ड भएपछि इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको थियो ।

बुमराह १६ बलमा ४ चौका र २ छक्कासहित ३१ रनमा अविजित रहे । स्टुअर्ट बोर्डको ओभरमा चार लेगवाई सहित बुमराहले एकै ओभरमा ३५ रन जोडेका थिए । जुन टेस्ट क्रिकेटमा एकै ओभरमा बनेको सर्वाधिक धेरै रन हो । इंग्ल्यान्डका जेम्स एन्डरसनले सर्वाधिक पाँच विकेट लिए ।

इंग्ल्यान्ड विजयी हुँदा पाँच टेस्ट खेलको सिरिज २-२ को बराबरीमा सिरिज सकिनेछ । पराजित हुँदा इंग्ल्यान्डले ३-२ ले सिरिज गुमाउने छ । बराबरी हुँदा इंग्ल्यान्डले सिरिज २-१ ले गुमाउने छ ।

यस सिरिज गतवर्ष सेप्टेम्बरमा कोरोना कारण स्थगित भएको थियो । पाँच खेलको सिरिजमा भारत २–१ ले अघि छ । पहिलो खेल बराबरी हुँदा दोस्रो खेल भारतले १ सय ५१ रनले जितेको थियो । तेस्रो खेलमा इंग्ल्यान्ड इनिङ अन्तरले ७६ रनले विजयी हुँदा चौथो खेलमा १ सय ५७ रनले पराजित भएको थियो ।

बर्मिङ्घममा भारतले हालसम्म टेस्ट खेलमा जित हात पारेको छैन । भारतले इंग्ल्यान्डमा २००७ पछि टेस्ट सिरिज जितेको छैन । २००७ मा भारतले तीन टेस्ट खेलको सिरिज १–० ले जितेको थियो ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.