default_image

3 years ago

July 5, 2022

भारतलाई आइसिसीले जरिवाना लगाउदा पाकिस्तानलाई फाइदा

270 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्व टेस्ट च्याम्पियनसिपमा भारतले इंग्ल्यान्डसँगको खेलको क्रममा गल्ती गरेपछि त्यसको फाइदा पाकिस्तानलाई पुगेको छ । भारत मंगलबार इंग्ल्यान्डसँग पाँचौं टेस्ट खेलमा ७ विकेटले पराजित भयो । जसक्रममा भारतलाई स्वलो ओभर रेटको कारण दुई प्वाइन्ट घटाएपछि भारत चौथो स्थानमा पुगेको छ ।

भारतलाई जरिवाना लागेपछि पाकिस्तान तेस्रो स्थानमा उक्लिएको छ । भारतले निर्धारित समय भन्दा दुई ओभर ढिला गरेपछि दुई अंक काटिएको हो । आइसिसीको नियम १६.११.२ को अनुसार विश्व टेस्ट च्याम्पियनसिपमा एक ओभर बराबर एक अंक काटिने गर्दछ । त्यसैको कारण काटिएको हो । त्यसको फाइदा पाकिस्तानलाई पुगेको हो । भारतलाई ४० प्रतिशत म्याच फि पनि काटिने भएको छ ।

जरिवानापछि भारत चौथो स्थानमा पुगेको हो । पाकिस्तान तेस्रो स्थानमा उक्लिएको हो । पाकिस्तानक ५२.३८ प्रतिशत अंकका साथ तेस्रो स्थानमा छ । भारत ५२.०८ प्रतिशतका साथ चौथो स्थानमा पुगेको छ । दुई अंक काटिनु अघि भारतकोे प्रतिशत ५३.४७ थियो ।

९ टोली सहभागी प्रतियोगितामा शीर्ष दुई टोली अर्को वर्ष उपाधिको लागि फाइनलमा पुग्नेछन् । अष्ट्रेलिया ७७.७८ प्रतिशतका साथ शीर्ष स्थानमा छ ।

दक्षिण अफ्रिका ७१.४३ प्रतिशतका साथ दोस्रो स्थानमा छ । वेस्टइन्डिज ५० प्रतिशतको साथ पाँचौं, श्रीलंका४७.६२ प्रतिशतका साथ छैटौं र इंग्ल्यान्ड ३३.३३ प्रतिशतका साथ सातौं स्थानमा छ । गत वर्षको च्याम्पियन न्युजिल्यान्ड भने २५.९३ का साथ आठौं र बंगलादेश १३.३३ को साथ पुछारमा छ ।

जितका लागि लागि ३ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले पाँचौं दिन पहिलो सेसनमा ७६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गयो । योसँगै पाँच टेस्ट खेलको सिरज २-२ को बराबरीमा सकियो । यो इंग्ल्यान्डले टेस्ट क्रिकेटमा पूरा गरेको सर्वाधिक ठूलो योगफल हो । यसअघि इंग्ल्यान्डले २०१९ मा लिड्समा अष्ट्रेलियाविरुद्ध ३ सय ५९ रनको लक्ष्य पूरा गरेको थियो ।

इंग्ल्यान्डका जो रुट १ सय ७३ बलमा १९ चौका र १ छक्का १ सय ४२ रनमा अविजित रहे । २०२१ यता रुटको टेस्टमा ११ औं शतक हो । जोनी बेयरस्टो १ सय ४५ बलमा १५ चौका र १ छक्कासहित १ सय १४ रनमा अविजित रहे । चौथो विकेटका लागि रुट र बेयरस्टोले ३ सय १६ बलमा २ सय ६९ रनको अविजित साझेदारी गर्दै ऐतिहासिक जित पक्का गरेका थिए ।

खेलको सम्पूर्ण जानकारी पाउन यो पढ्नुहोस् : रुट र बेयरस्टोको उत्कृष्ट शतकमा भारतमाथि इंग्ल्यान्डको ऐतिहासिक जित

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.