default_image

2 years ago

July 8, 2022

रोहितको कप्तानीमा दुर्लभ कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि२० आई खेलमा दुर्लभ कीर्तिमान बनाएका छन् । रोहितले बिहीबार राती इंग्ल्यान्डलाई पहिलो टि२० आई खेलमा ५० रनले हराउँदै लगातार १३ खेल जित्ने पहिलो कप्तान बनेका छन् । रोहित टि२० आईमा लगातार १३ खेल जित्ने पहिलो कप्तान हुन् । गत नोभेम्बरमा टि२० विश्वकपपछि विराट कोहलीले कप्तानी छाडेपछि […]

68 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि२० आई खेलमा दुर्लभ कीर्तिमान बनाएका छन् । रोहितले बिहीबार राती इंग्ल्यान्डलाई पहिलो टि२० आई खेलमा ५० रनले हराउँदै लगातार १३ खेल जित्ने पहिलो कप्तान बनेका छन् ।

रोहित टि२० आईमा लगातार १३ खेल जित्ने पहिलो कप्तान हुन् । गत नोभेम्बरमा टि२० विश्वकपपछि विराट कोहलीले कप्तानी छाडेपछि रोहितले लगातार १० खेल जिताएका छन् । यसअघि अफगानिस्तानका अस्गर अफगान र रोमाका सथीसनले लगातार १२ खेलमा जित दिलाएका थिए ।

नोभेम्बरमा न्युजिल्यान्डसँग तीन टि२० आई, फेब्रुअरीमा वेस्टइन्डिज र श्रीलंकासँगको समान तीन टि२० आई खेलको सिरिजमा क्लिनस्विप गरेका थिए । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई पाँच पटक च्याम्पियन बनाएका रोहित शर्माबाट भारत विश्वकप उपाधिको अपेक्षा गरेको छ ।

आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा भारतको नजर हुनेछ । रोहितलाई उपाधि जित्न त्यतिनै बढी दबाब हुनेछ । अलराउन्डर हार्दिक पान्ड्याले बलिङ र ब्याटिङ दुबैमा करिअरको उत्कृष्ट प्रदर्शन गरेपछि भारतले पहिलो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गर्दै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

जितको १ सय ९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९.३ ओभरमा १ सय ४८ रनमा अल आउट भयो ।इंग्ल्यान्डका मोईन अलीले २० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए । युवा ब्याटर ह्यारी ब्रुकले २३ बलमा २ चौका र १ छक्कासहित २८ रन जोडे । क्रिस जोर्डन १७ बलमा २ चौका र १ छक्कासहित २६ रनमा अविजित रहे ।

भारतका हार्दिक पान्ड्याले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । त्यसअघि साउथह्याप्टनमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९८ रन बनायो ।

भारतका हार्दिक पान्ड्याले ३३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५१ रन बनाए । यो पहिलो टि२० आई अर्धशतक हो । इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा २३ रन खर्चेर दुई महत्वपूर्ण विकेट लिए । दोस्रो खेल शनिबार हुनेछ ।

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

Success

Thank you for your time.