default_image

2 years ago

July 9, 2022

सानदार जितसँगै भारतलाई एक खेल अगावै सिरिज

एजेन्सी – भारतले दोस्रो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि ४९ रनको सानदार जित हात पारेको छ । योसँगै भारतले तीन टि२० आई खेलको सिरिज एक खेल अगावै जितेको छ । जितको लागि १ सय ७१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा १ सय २१ रनमा अल आउट भयो । इंग्ल्यान्डका मोईन अलीले […]

84 views

0 Bookmark

एजेन्सी – भारतले दोस्रो टि२० आई खेलमा घरेलु टोली इंग्ल्यान्डमाथि ४९ रनको सानदार जित हात पारेको छ । योसँगै भारतले तीन टि२० आई खेलको सिरिज एक खेल अगावै जितेको छ ।


जितको लागि १ सय ७१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा १ सय २१ रनमा अल आउट भयो । इंग्ल्यान्डका मोईन अलीले २१ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । डेविड विली २२ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३३ रनमा अविजित रहे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पहिलो ओभरको पहिलो बलमै ओपनर जेसन रोय तीव्र गतिका बलर भुवनेश्वर कुमारको बलमा रोहित शर्माबाट क्याच हुँदै रोयल डक आउट भए । भुवनेश्वर ले नै तेस्रो ओभरको तेस्रो बलमा कप्तान जस बटलरलाई ४ रनमा विकेटकिपर ऋषभ पन्तबाट क्याच गराउँदै इंग्ल्यान्डलाई ११–२ को अवस्थमा पुर्याए ।

जस्प्रित बुमराहले पाँचौं ओभरको पहिलो बलमा इंग्ल्यान्डका आक्रामक ब्याटर लियाम लिभिङस्टोनलाई १५ रनमा बोल्ड गरेपछि भारत खेलमा हाबी बनेको थियो ।

थप १४ रन जोड्दा युवा ब्याटर ह्यारी ब्रुक युजभेन्द्र चहलको बलमा सूर्यकुमार यादवबाट क्याच हुँदै ८ रनमा पेभेलिएन फर्काए । जुन समय इंग्ल्यान्ड ४१–४ को अवस्थामा पुगेको थियो ।

डेविड मलान र साम करन आउट हुँदा इंग्ल्यान्ड १०.२ ओभरमा ६०–६ को दयनीय अवस्थामा पुगेको थियो । मलान २५ बलमा २ चौकासहित १९ रनमा आउट भए ।

भारतका भुवनेश्वर कुमारले ३ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले ३ ओभरमा १ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहलले २ ओभरमा १० रन खर्चेर २ विकेट लिए । हर्षल पटेल र हार्दिक पान्ड्याले एक एक विकेट लिए ।

त्यसअघि बर्मिंघममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो । भारतका रविन्द्र जडेजा २९ बलमा ४ चौकासहित सर्वाधिक ४६ रनमा अविजित रहे । कप्तान रोहित शर्माले २० बलमा ३ चौका र २ छक्कासहित ३१ रन बनाए ।

ओपनर ईशान किशनलाई बेन्चमा राखेपछि भारतले विकेटकिपर ऋषभ पन्तलाई ओपनिङ गराएको थियो । रोहित र पन्तले ४.५ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । तर भारतले त्यो सुरुवातलाई निरन्तरता दिन सकेन । रोहित ग्लीसनको सट बलमा टप एज लागेर विकेटकिपर जस बटलरबाट क्याच आउट भए । त्यसपछि भारतका प्रमुख ब्याटर समालिन सकेनन् ।

३४ वर्षीय ग्लीसनले आफ्नो पहिलो ओभरमै पहिलो अन्तर्राष्ट्रिय विकेटको रुपमा रोहितलाई आउट गरे । ग्लीसनले सातौं ओभरमा विराट कोहली र ऋषभ पन्तको लगातार विकेट लिर्दै खेल इंग्ल्यान्डको पक्षमा फर्काए । सातौं ओभरको पहिलो बलमा विराट कोहली १ रनमा खराब सट खेल्दै डेविड मलानबाट उत्कृष्ट क्याच आउट भए ।

लगातार खराब प्रदर्शनसँगै विश्वकपमा कोहलीको प्रदर्शनमा प्रश्न उठ्न थालेको छ । कोहली आज दीपक हुडाको स्थानमा खेलेका थिए । लगत्तै अर्को बलमा ऋषभ पन्त लेग साइडमा एज लागेर बटलरबाट क्याच भएपछि भारत ६१–३ को अवस्थामा पुगेको थियो । पन्तले १५ बलमा ४ चौका र १ छक्का सहित २६ रन बनाए ।

त्यसपछि हार्दिक पान्ड्या र सूर्य कुमार यादवले भारतलाई आशा देखाएका थिए । तर क्रिस जोर्डनले ११ औं ओभरमा लगातार यी दुई ब्याटरलाई आउट गरेपछि भारतको ठूलो योगफलको सम्भावना सकिएको थियो ।

तेस्रो बलमा साम करनले डीप मिडविकेटमा उत्कृष्ट क्याच लिँदै सूर्यलाई १५ रनमा पेभेलिएन फर्काए । लगत्तै अर्को बलमा पान्ड्या प्वाइन्टमा मलानबाट १२ रनमा क्याच आउट भए । दीनेश कार्तिक १२ र हर्षल पटेल १३ रनमा आउट भए ।

इंग्ल्यान्डका रिचर्ड ग्लीसनले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर तीन स्टार ब्याटरलाई आउट गर्दै सानदार डेब्यू गरे । क्रिस जोर्डनले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए । पहिलो खेलमा भारत ५० रनले विजयी भएको थियो । तेस्रो खेल आइतबार हुनेछ । त्यसपछि तीन ओडिआई खेलको सिरिज हुनेछ ।

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

Success

Thank you for your time.