default_image

2 years ago

July 10, 2022

रितले न्युजिल्यान्डमा क्रिकेट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा स्टार रित गौतमले न्युजिल्यान्डमा क्रिकेट खेल्ने भएका छन् । नेपाली क्रिकेट इतिहासमा उमेर समूहमा दुई शतक प्रहार गर्ने एक्लो क्रिकेटर समेत रहेका रितले न्युजिल्यान्डको प्रमुख घरेलु प्रतियोगिता खेल्ने भएका छन् । रितलाई न्युजिल्यानडको गिजर सिटी क्रिकेट क्लबले आगमी ६ महिनाको सिजनको लागि टोलीमा अनुबन्ध गरेको हो । […]

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा स्टार रित गौतमले न्युजिल्यान्डमा क्रिकेट खेल्ने भएका छन् । नेपाली क्रिकेट इतिहासमा उमेर समूहमा दुई शतक प्रहार गर्ने एक्लो क्रिकेटर समेत रहेका रितले न्युजिल्यान्डको प्रमुख घरेलु प्रतियोगिता खेल्ने भएका छन् ।

रितलाई न्युजिल्यानडको गिजर सिटी क्रिकेट क्लबले आगमी ६ महिनाको सिजनको लागि टोलीमा अनुबन्ध गरेको हो । ‘म गिजरबाट खेल्ने पक्का भएको हो । न्युजिल्यान्डको प्रिमियर लेभलको क्रिकेट हो । ६ महिनाको सिजन हुन्छ । डिभिजन वान्, च्याम्पियनसिप र प्रिमियर सबैभन्दा माथिको स्तरको क्रिकेट हो’, रितले भने ।

रित अभ्यासको क्रममा हाल दिल्लीमा छन् । अभ्यासको क्रममै केहि समय अघि उनीहरुले भारतीय क्रिकेट टोलीका ओपनर शिखर धवनसँग भेट समेत गरेका थिए ।

‘यसमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट देखि सबै खेलाडीहरु खेल्छन् । यसमा पाँच वटा प्रतियोगिता छ । दुई वानडे, दुई टि२० र एक डे प्रतियोगिता हुन्छ । यस्मा राम्रो गर्नेहरुले प्रथम श्रेणीको प्रतियोगिता खेल्न पाउँछन्’, रितले भने ।


न्युजिल्यान्डको प्रथम श्रेणीको घरेलु प्रतियोगिता प्लेन्केट शिल्ड हो । जुन प्रतियोगिताबाट न्युजिल्यान्डको टेस्ट टोली निर्माण गरिने गर्दछ । जुन प्रतियोगिता खेल्ने खेलाडीको म्याच फि १७ सय ५० डलर छ ।

सिजन अक्टोबर देखि सुरु हुनेगर्दछ । रित भिसा मिलेको खण्डमा सेप्टेम्बरको पहिलो सातानै जाने तयारी रहेको बताए । रितले यो प्रतियोगिता खेल्ने व्यवस्था आफैंले नै लकडाउनको समयमा मिलाएको बताए । विगतको प्रदर्शनबाट प्रभावित भएपछि उनले न्युजिल्यान्डमा खेल्ने अवसर पाएका हुन् ।

‘म एकदमै उत्साहित छु । ठूलो स्तरको प्रतियोगिता हो । ठूलो अवसर हो । टेस्ट खेलाडीहरुसँग खेल्न पाइन्छ । ६ महिना सिजनपछि फर्किन्छु । मेरो मुख्य उदेश्य नेपालबाट खेल्ने हो’, रितले भने ।

‘मैले घरेलु क्रिकेटमा गलत टोली सोचे जस्तो पनि भयो । एपिएफले खेल्न बोलाएको पनि थियो । टिम सन्तुलन नमिलेर होला राम्रोसँग खेल्न पाएन । नेपालमा एक दुई खेल हुन्छ । त्यहिँ पनि खेल्न पाएपछि हराए जस्तो भयो । त्यसै गर्दा पछाडि परेको हो’, रितले भने । त्यसैमा थपे, ‘त्यहिँ भएर खेल्न जान लागेको हो । मेरो मुख्य उदेश्य नेपालबाट खेल्ने हो । नेपालमा ६ महिना पिएमकप खेल्न भन्दा उताको ठूलो लेभलको खेलेपछि धेरै फाइदा हुन्छ ।’

बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने रित पछिल्लो दुई सिजन एपिएफमा थिए । तर एपिएफमा सिनियर टोलीका खेलाडीको बाहुल्यता हुँदा खेल्ने पर्याप्त अवसर भने पाएनन् ।

‘न्युल्यिान्डको त्यो लेभलको खेल मैले यू–१९ मा पनि खेलेको छैन । नेपालको सिनियर टोलीहरुले पनि त्यो स्तरको क्रिकेट खेल्न पाउँदैन । ६ महिना अुनुभव लिएपछि मेरो करिअरमा धेरै फरक पार्छ’, उनले भने ।


नेपालको यू१९ टोलीको कप्तान बनि सकेका रितलाई एकदिवसिय क्रिकेटका भविष्य मानिदै आएको छ । उमेर समूहको प्रदर्शन अनुसार रितले सिनियर टोलीमा चाँडै स्थान बनाउने अनुमान गरिएको थियो । तर पाएनन् ।

पछिल्लो सिजन एपिएफ गएका रित सुरुवाती खेलमा राम्रो प्रदर्शन नभएपछि पुन मौका पाएनन् । एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा पोखरा राइनोजबाट खेलेका थिए । तर प्रदर्शन खराब रह्यो ।

रित नेपालबाट यू१६ र यू१९ अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गर्ने एक्लो खेलाडी हुन् । रितले एसिसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा सिंगापुरविरुद्ध १ सय १५ रन र २०१७ मा यू१६ इस्टर्न रिजनमा म्यानमारविरुद्ध १ सय ६ रनको अविजित शतकीय इनिङ खेलेका थिए । दबाबमा धैर्यताका साथ ब्याटिङ गर्ने रितको मुख्य विशेषता हो ।

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

Success

Thank you for your time.