default_image

2 years ago

July 10, 2022

चान्डिमलको शतकमा अष्ट्रेलियाविरुद्ध श्रीलंकाको अग्रता

एजेन्सी – मध्यक्रमका ब्याटर दीनेश चान्डिमलको शतकमा घरेलु टोली श्रीलंकाले दोस्रो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध पहिलो इनिङमा अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमाा श्रीलंका पहिलो इनिङमा ४३१-६ को बलियो अवस्थामा छ । श्रीलंकाले ६७ रनको अग्रता लिएको छ । दीनेश चान्डिमल २ सय ३२ बलमा ९ चौका र १ छक्कासहित १ सय १८ रनमा अविजित […]

43 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर दीनेश चान्डिमलको शतकमा घरेलु टोली श्रीलंकाले दोस्रो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध पहिलो इनिङमा अग्रता लिएको छ । तेस्रो दिनको समाप्तिमाा श्रीलंका पहिलो इनिङमा ४३१-६ को बलियो अवस्थामा छ । श्रीलंकाले ६७ रनको अग्रता लिएको छ ।

दीनेश चान्डिमल २ सय ३२ बलमा ९ चौका र १ छक्कासहित १ सय १८ रनमा अविजित छन् । चान्डिमलको १३ औं शतक हो । श्रीलंकाका कुशल मेन्डिस १ सय ६१ बलमा ९ चौकासहित ८६ रनमा आउट भए । दोस्रो विकेटका लागि कप्तान दिमुथ करुणारत्ने र मेन्डिसले १ सय ५२ रनको शतकीय साझेदारी गरेपछि श्रीलंकाले बलियो सुरुवात गरेको थियो ।

करुणारत्ने १ सय ६५ बलमा १० चौकासहित ८६ रनमा मिचेल स्वीपसनको बलमा एलबीडब्लू आउट भए । ओपनर पाथुम निसंका ६ रनमा आउट भए । एन्जिलो म्याथ्युज ५२ रन र कामिन्दु मेन्डिस ६१ रनमा आउट भए । चौथो विकेटका लागि चान्डिमल र म्याथ्युजले ८३ रनको साझेदारी गरेका थिए ।

पाँचौं विकेटका लागि चान्डिमलले कामिन्दुसँग १ सय ३३ रनको शतकीय साझेदारी गरेका थिए । अष्ट्रेलियाका मिचेल स्टार्क, लाथन लायन र मिचेल स्वीपसनले २-२ विकेट लिए ।

त्यसअघि गाले अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलिया ३ सय ६४ रनमा अल आउट भयो । अष्ट्रेलियाका स्टिभ स्मिथ २ सय ७२ बलमा १६ चौकासहित १ सय ४५ रनमा अविजित रहे । स्मिथको यो टेस्ट करिअरको २८ औं शतक हो ।

स्मिथले १८ महिनापछि पहिलो शतक प्रहार गरेका हुन् । मार्नस लाबुसेन १ सय ५६ बलमा १२ चौकासहित १ सय ४ रनमा आउट भए । लाबुसेनको यो टेस्ट करिअरको सातौं र घर बाहिर पहिलो शतक हो ।

ओपनर उस्मान खवाजा ७७ बलमा ४ चौकासहित ३७ रनमा आउट भए । डेविड वार्नर ५, ट्रविस हेड १२ र क्यामरन ग्रिन ४ रनमा आउट भए । तेस्रो विकेटका लागि लाबुसेन र स्मिथले १ सय ३४ रनको शतकीय साझेदारी गरेका थिए । विकेटकिपर एलेक्स केरी १६ रनमा अविजित छन् ।

श्रीलंकाका डेब्यू खेल खेलेका प्रभात जयसूर्याले सर्वाधिक ६ विकेट लिए । कसुन रजिथा र रमेश मेन्डिसले एक एक विकेट लिए । दुई टेस्ट खेलको सिरिजमा अष्ट्रेलिया १–० ले अघि छ । पहिलो खेलमा अष्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.