default_image

2 years ago

July 10, 2022

सूर्यको सानदार शतकका बाबजुद भारत पराजित

96 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर सूर्यकुमार यादवको सानदार शतकका बाबजुद भारत तेस्रो टि२० आई खेलमा इंग्ल्यान्डसँग १७ रनले पराजित भएको छ । योसँगै तीन टि२० आई खेलको सिरिज भारतले २-१ ले जितेको छ । जितको लागि २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९८ रन बनायो ।

भारतका सूर्यकुमार यादवले ५५ बलमा १४ चौका र ६ छक्कासहित १ सय १७ रनको सानदार शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । यो उनको पहिलो अन्तर्राष्ट्रिय शतक हो ।

भारतलाई जितको लागि अन्तिम १२ बलमा ४१ रन चाहिँएको थियो । सूर्यलाई १९ औं ओभरको मोईन अलीले पहिलो बल वाइड, चौका र दोस्रो छक्का प्रहार गरे । अलीले पुन वाइड फ्याले । सूर्यले तेस्रो बलमा चौका प्रहार गरेपछि खेल रोचक बनेको थियो ।
चौथो बल डट खादा पाँचौं बलमा सूर्य लङअफमा फिलिप साल्टबाट क्याच आउट भएपछि भारतको जितको सम्भावना सकिएको थियो ।

यो रोहित शर्माले २०१७ मा इन्डोरमा श्रीलंकाविरुद्ध बनाएको १ सय १८ रनपछि टि२० आईमा भारतबाट सर्वाधिक ठूलो इनिङ हो । सूर्यले १७ औं ओभरको तेस्रो बलमा डेविड विल्लीलाई चौका प्रहार गर्दै ४८ बलमा शतक हानेका थिए ।

सुरुवात खराब रहेपनि चौथो विकेटका लागि सूर्यकुमार यादव र श्रेयस ऐरले १ सय १९ रनको शतकीय साझेदारी गर्दै जितको आशा कायमै राखेका थिए । श्रेयस ऐर २३ बलमा २ छक्कासहित २८ रनमा आउट भए ।

तीव्र गतिका बलर रिसी टोपलीले दोस्रो ओभरको पहिलो बलमा ओपनर ऋषभ पन्तलाई १ रनमा जस बटलरबाट क्याच गराए । डेविड विल्लीको तेस्रो ओभरको चौथो बलमा विराट कोहली एक्स्ट्रा कभरमा ११ रनमा आउट भए । खराब लयलाई निरन्तरता दिँदै कोहलीले ६ बलमा १ चौका र १ छक्का प्रहार गरे ।

रोहित शर्मा टोप्लीको बलमा ११ रनमा क्याच हुँदा भारत ५ ओभरमा ३१–३ को अवस्थामा पुगेको थियो । त्यसपछि श्रेयस ऐर र सूर्य कुमार यादवले शतकीय साझेदारीका साथ उत्कृष्ट पूनरागमन गराए ।

श्रेयस ऐर १६ औं ओभरको पहिलो बलमा टोप्लीको बलमा बटलरबाट क्याच भएपछि भारतले थप दुई विकेट लगातार गुमाएपछि हार्न पुग्यो । दिनेश कार्तिक ६ र रविन्द्र जडेजा ७ रनमा आउट भए ।

इंग्ल्यान्डका रिसी टोप्लीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । डेविड विल्लीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डनले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । रिचर्ड ग्लीसन र मोईन अलीले एक एक विकेट लिए ।

त्यसअघि नोटिङ्घममा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १५ रन बनाएको थियो । इंग्ल्यान्डका डेविड मलानले ३९ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७७ रन बनाए ।

लियाम लिभिङस्टोनले २९ बलमा ४ छक्कासहित ४२ रनमा अविजित रहे । चौथो विकेटका लागि मलान र लिभिङस्टोनले ४३ बलमा ८४ रनको साझेदारी गर्दै विशाल योगफलमा पुर्याए ।

कप्तान जस बटलर १८ रनमा आवेश खानको बलमा बोल्ड आउट भए । उमरान मलिकको आठौं ओभरको पहिलो बलमा जेसन रोय २७ रनमा विकेटकिपर ऋषभ पन्तबाट क्याच आउट भए । रोयले २६ बलमा १ चौका र २ छक्कासहित २७ रनमा आउट भए । हर्षल पटेलले फिलिप साल्ट ८ रनमा बोल्ड आउट भए ।

युवा ब्याटर ह्यारी ब्रुक ९ बलमा ३ चौकासहित १९ रनमा आउट भए । क्रिस जोर्डन ३ बलमा १ चौका र १ छक्कासहित ११ रनमा अविजित रहे ।

भारतका स्पिनर रवि विश्रोईले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । हर्षल पटेलले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । उमरान मलिकले ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए । आवेश खानले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए ।

भारत पहिलो खेलमा ५० रन र दोस्रो खेलमा ४९ रनले विजयी भएको थियो । अव तीन ओडिआई खेलको सिरिज हुनेछ । पहिलो खेल मंगलबार हुनेछ ।

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

Success

Thank you for your time.