3 years ago
July 10, 2022
एजेन्सी – तल्लोक्रमका ब्याटर माइकल बेसवेलले सानदार शतकका साथ हिरो बनेपछि न्युजिल्यान्डले पहिलो ओडिआई खेलमा आयरल्यान्डलाई एक विकेटले पराजित गरेको छ । जितको लागि ३ सय १ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।

न्युजिल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा २० रन चाहिँदा हातमा एक विकेट थियो । ब्रेसवेलले क्रेग योंगलाई पहिलो र दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा छक्का प्रहार गर्दै जितको सम्भावना बलियो बनाए । चौथो बलमा चौका र पाँचौं बलमा छक्का प्रहार गर्दै अविश्वसनिय जित दिलाए ।
न्युजिल्यान्डको जितका नायक ब्रेसवेल ८२ बलमा १० चौका र ७ छक्कासहित १ सय २७ रनमा अविजित रहे । करिअरको चौथो ओडिआई खेल खेलेका ३१ वर्षीय ब्रेसवेलको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो । ओपनर मार्टिन गुप्टिल ६१ बलमा ६ चौका र १ छक्कासहित ५१ रनमा आउट भए । टम लाथम २३ र ग्लेन फिल्प्सि ३८ र ईश सोधी २५ रनमा आउट भए ।
१५६–६ को कमजोर अवस्थाबाट ब्रेसवेलले जिताएका हुन् । आयरल्यान्डका कर्टिस क्याम्फरले सर्वाधिक तीन विकेट लिए । मार्क आदिरले दुई विकेट लिए ।

त्यसअघि द भेलेज डुब्लिनमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय रन बनायो । आयरल्यान्डका ह्यारी टेक्टरले १ सय १७ बलमा १४ चौका र ३ छक्कासहित सर्वाधिक १ सय १३ रनको योगदान दिए ।
२२ वर्षीय युवा ब्याटर टेक्टरको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो । चौथो विकेटका लागि टेक्टर र कर्टिस क्याम्फरले ९४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । क्याम्फर ४७ बलमा ५ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । ओपनर पउल स्टर्लिङ ५, एन्ड्री म्याकबर्नी ३९, लार्कान टकर २६ र सिमी सिंह ३० रनमा आउट भए ।
न्युजिल्यान्डका लोकी फर्गुसन, ईश सोधी र ब्लेयर टिकनरले २-२ विकेट लिए । म्याट हेनरी र ग्लेन फिलिप्सले १-१ विकेट लिए । सिरिज तीन खेलको हुनेछ । न्युजिल्यान्डले केन विलियम्सन, ट्रेन्ट बोल्ट, टिम साउथी लगायतका प्रमुख खेलाडीलाई भने विश्राम दिएको छ । न्युजिल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । दोस्रो खेल मंगलबार हुनेछ ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]