default_image

3 years ago

July 10, 2022

ब्रेसवेल हिरो बन्दा न्युजिल्यान्ड हारबाट बच्यो

281 views

0 Bookmark

एजेन्सी – तल्लोक्रमका ब्याटर माइकल बेसवेलले सानदार शतकका साथ हिरो बनेपछि न्युजिल्यान्डले पहिलो ओडिआई खेलमा आयरल्यान्डलाई एक विकेटले पराजित गरेको छ । जितको लागि ३ सय १ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।


न्युजिल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा २० रन चाहिँदा हातमा एक विकेट थियो । ब्रेसवेलले क्रेग योंगलाई पहिलो र दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा छक्का प्रहार गर्दै जितको सम्भावना बलियो बनाए । चौथो बलमा चौका र पाँचौं बलमा छक्का प्रहार गर्दै अविश्वसनिय जित दिलाए ।

न्युजिल्यान्डको जितका नायक ब्रेसवेल ८२ बलमा १० चौका र ७ छक्कासहित १ सय २७ रनमा अविजित रहे । करिअरको चौथो ओडिआई खेल खेलेका ३१ वर्षीय ब्रेसवेलको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो । ओपनर मार्टिन गुप्टिल ६१ बलमा ६ चौका र १ छक्कासहित ५१ रनमा आउट भए । टम लाथम २३ र ग्लेन फिल्प्सि ३८ र ईश सोधी २५ रनमा आउट भए ।

१५६–६ को कमजोर अवस्थाबाट ब्रेसवेलले जिताएका हुन् । आयरल्यान्डका कर्टिस क्याम्फरले सर्वाधिक तीन विकेट लिए । मार्क आदिरले दुई विकेट लिए ।

त्यसअघि द भेलेज डुब्लिनमा टस हारेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय रन बनायो । आयरल्यान्डका ह्यारी टेक्टरले १ सय १७ बलमा १४ चौका र ३ छक्कासहित सर्वाधिक १ सय १३ रनको योगदान दिए ।

२२ वर्षीय युवा ब्याटर टेक्टरको यो पहिलो अन्तर्राष्ट्रिय शतक हो । चौथो विकेटका लागि टेक्टर र कर्टिस क्याम्फरले ९४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । क्याम्फर ४७ बलमा ५ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । ओपनर पउल स्टर्लिङ ५, एन्ड्री म्याकबर्नी ३९, लार्कान टकर २६ र सिमी सिंह ३० रनमा आउट भए ।

न्युजिल्यान्डका लोकी फर्गुसन, ईश सोधी र ब्लेयर टिकनरले २-२ विकेट लिए । म्याट हेनरी र ग्लेन फिलिप्सले १-१ विकेट लिए । सिरिज तीन खेलको हुनेछ । न्युजिल्यान्डले केन विलियम्सन, ट्रेन्ट बोल्ट, टिम साउथी लगायतका प्रमुख खेलाडीलाई भने विश्राम दिएको छ । न्युजिल्यान्डले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । दोस्रो खेल मंगलबार हुनेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.