default_image

2 years ago

July 12, 2022

खराब लयमा गुज्रिरहेका कोहलीको बचाउमा उत्रिए रोहित

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीको पछिल्लो समयमा जारी खराब प्रदर्शनलाई लिएर चौतर्फी आलोचना चलिरहेको छ । भारतका क्रिकेट विज्ञहरुले कोहलीलाई टि२० टोलीबाट हटाउनु पर्ने तर्क समेत राखेका छन् । भारतलाई सन् १९८३ मा विश्वकप जिताउने कप्तान कपिल देवले पनि कोहलीलाई टि२० बाट बाहिर राख्नु पर्ने बताइसकेका छन् । समर्थकहरु पनि कोहलीको […]

45 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीको पछिल्लो समयमा जारी खराब प्रदर्शनलाई लिएर चौतर्फी आलोचना चलिरहेको छ । भारतका क्रिकेट विज्ञहरुले कोहलीलाई टि२० टोलीबाट हटाउनु पर्ने तर्क समेत राखेका छन् ।

भारतलाई सन् १९८३ मा विश्वकप जिताउने कप्तान कपिल देवले पनि कोहलीलाई टि२० बाट बाहिर राख्नु पर्ने बताइसकेका छन् । समर्थकहरु पनि कोहलीको प्रदर्शनलाई लिएर उत्तिकै आक्रोशित देखिन्छन् । तर हाल टोलीमा कप्तान रहेका रोहित शर्माले भने कोहलीको बचाउ गर्दै बाहिर कुराले खासै महत्व नराख्ने बताएका छन् ।

‘हाम्रो लागि कुनै कठिन छैन । हामी बाहिरको कुरा सुन्दैनौं । एक्स्पर्ट (विशेषज्ञ) को हुन् ? उनीहरुलाई किन एक्स्पर्ट भनिन्छ ? उनीहरुलाई भित्र के चलेको छ थाहा हुँदैन । हाम्रो फरक विचार हुन्छ’, रोहितले बचाउ गर्दै भने, ‘हामी टिम बनाउछौं । त्यसको पछाडि धेरै छलफल र विचार हुन्छ । खेलाडीलाई मौका र साथ दिनुपर्छ । यो कुरा मानिसलाई थाहा हुँदैन । यसैले बाहिर के भएको छ भन्दापनि भित्र के भएको छ बढी महत्त्वपूर्ण हुन्छ ।’

कोहली इंग्ल्यान्डसँग जारी सिरिजमा १ र ११ रनमा आउट भएका थिए । पहिलो खेलमा भने उनलाई विश्राम दिइएको थियो । कुनै समय लगातार शतकको कीर्तिमान राख्दै आएका कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा तीन वर्षदेखि शतकविहिन छन् । भारतका अन्य खेलाडी दीपक हुडा, सञ्जु स्यामसन, श्रेयस ऐर लगायतका खेलाडीले लगातार राम्रो प्रदर्शन गरेको हुँदा कोहलीको स्थानमा उनीहरुलाई मौका दिनुपर्ने आवाज उठ्दै आएको छ ।

‘तपाईं फर्म (लय) को कुरा गर्नुहुन्छ भने तलमाथि सबैको हुन्छ । तर खेलाडीको गुण कहिल्यै खराब हुँदैन । यो हामीले सधैं ध्यानमा राख्नुपर्छ । खराब प्रदर्शनमा पनि खेलाडीको क्षमतालाई साथ दिएको हुनुपर्छ । खराब लय पनि भएको छ । सबको साथ भएको छ । जब कुनै खेलाडीले लामो समय देखि निरन्तर राम्रो प्रदर्शन गर्दै आएको छ भने एक दुई सिरिज वा ए वर्षमा नराम्रो खेल्दैमा उ बाहिर हुनु हुँदैन’, कोहलीको आलोचनाबारे रोहितले भने ।

‘खेलाडीलाई बुझ्न बाहिर रहेका मानिसलाई धेरै समय लाग्छ । टिममा कोहलीको महत्त्व कति छ भन्ने हामीलाई राम्रोसँग थाहा छ । बाहिर कुरा गर्न सबैलाई अधिकार छ । तर त्यो कुराले हामीलाई खासै फरक पर्दैन’, रोहितले थपे ।

यता पूर्व कप्तान कपिल देवले कोहलीलाई टि२० बाट बाहिर राख्न सकिने बताए । ‘टेस्टमा विश्वका नम्वर १ स्पिनर रविचन्द्रन आश्विनलाई टोली बाहिर राख्न सकिन्छ भने नम्बर १ ब्याटरलाई पनि राख्न सकिन्छ । म त चाहन्छु कोहली रन बनाउन् । यस समय त्यो कोहली खेलेका छैनन् जुन हामीले चिनेका र देखेका छौं । प्रदर्शन गर्न सक्दैनन् भने उनको कारण अरु खेलाडीलाई बाहिर राख्न मिल्दैन’, कपिलले भने ।

भारतमा पछिल्लो समय टोलीमा पर्न उच्च प्रतिस्पर्धा छ । यो अवस्थामा वर्तमान समयमा जुन लयमा छ त्यसैले मौका पाउनु पर्ने उनले बताए । प्रदर्शन नभए जुनसुकै खेलाडीलाई पनि बाहिर राख्नु पर्ने उनको अभिव्यक्ति थियो ।

इंग्ल्यान्डसँगको तीन टि२० आई सिरिज भारतले २-१ ले जित्यो । तेस्रो खेलमा सूर्य कुमार यादवको १ सय १७ रनको सानदार शतकीय इनिङको बाबजुद भारत १७ रनले पराजित भएको थियो ।

भारत र इंग्ल्यान्डबीच अब तीन ओडिआई खेलको सिरिज हुनेछ । पहिलो खेल मंगलबार हुनेछ । उक्त खेलमा कोहलीको प्रदर्शन महत्त्वपूर्ण हुनेछ । आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा टि२० विश्वकप हुँदा कोहलीको प्रदर्शनलाई लिएर चौतर्फी आलोचना भएको छ ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.