default_image

2 years ago

July 11, 2022

नेपालले टस हार्यो, बसिरको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा बसिर अहमदलाई डेब्यू दिएको छ । उनले नेपाली क्रिकेट टोलीमा डेब्यू गरेका […]

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । स्कटल्यान्डको क्याम्बुस्दुन न्यू ग्राउन्डमा नामिबियाका कप्तान गेर्हार्ड इरास्मसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आजको खेलमा बसिर अहमदलाई डेब्यू दिएको छ । उनले नेपाली क्रिकेट टोलीमा डेब्यू गरेका हुन् । विनोद भण्डारी, पवन सरार्फ र किशोर महतो बेन्चमा छन् ।

बसिरले नेपालबाट ३३ औं ओडिआई क्याप पाएका हुन् । वैशाखमा जिम्बावे ए सँग भएको टि२० र एकदिवसिय अभ्यास खेल बसिरले नेपालबाट खेलि सकेका छन् । जिम्बावे ए सँगको खेल अभ्यास खेल मात्र हुँदा उनी पहिलो पटक नेपाली टोलीमा परेका हुन् ।

वैशाख पहिलो साता बसिर अहमद भैरहवामा सम्पन्न प्रो क्लब च्याम्पियनसिपका सर्वोत्कृष्ट खेलाडी ९प्लेयर अफ द सिरिज० चुनिएका थिए । रुपन्देही(११ लाई च्याम्पियन बनाउन बसिरले सानदार अलराउन्ड प्रदर्शन गरेका थिए । रुपन्देहीले फाइनलमा मलेसिया सिनियर टोलीलाई ७ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।

बसिरले प्रतियोगिताभर ५ खेलमा १ सय १९ रन बनाउनुको साथै १० विकेट लिए । बसिर स्पिनसँगै तल्लोक्रममा आक्रामक ब्याटिङको क्षमता बढी राख्ने गर्दछन् । उनले नेपाली यू(१९ टोलीबाट एसिया कपमा राम्रो प्रदर्शन गरेका थिए । लुम्बिनीलाई यू१९ राष्ट्रिय च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । उनी बायाँ हाते स्पिनको साथै राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

नेपाल बलियो टोली नामिबियालाई हराउँदै स्कटल्यान्डमा सानदार सुरुवात गर्न चाहन्छ । तर त्यसको लागि नेपाली ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । ओडिआईमा नामिबिया र नेपालले पहिलो पटक भिड्न लागेका हुन् ।

नेपालको अभ्यास खेलमा प्रदर्शन भने राम्रो हुन सकेन । नेपाल क्यानाडासँग दोस्रो अभ्यास खेलमा १ सय ८९ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा नेपाल १ सय ५ रनमै अल आउट भएको थियो । गैर जिम्मेवारी ब्याटिङ मुख्य समस्या हो ।

नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेल गर्नेछन् । त्यसपछि देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आदिल अन्सारी, आरिफ शेख, सोमपाल कामी र करण केसी हुनेछन् । स्पिनरमा सन्दीप र बसिर हुनेछन् ।

नेपाल क्रिकेट संघद्वारा प्रदान गरिएको यसअघिको जानकारी गलत भएकोमा क्षमाप्रार्थी छौं ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.