default_image

2 years ago

July 11, 2022

सन्दीप चम्कँदा नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछाने चम्कँदा नामिबियाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २ सय २१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । क्याम्बुस्दुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४७.३ ओभरमा २ सय २० रनमा अल आउट भयो । नामिबियाका छैटौं नम्बरका ब्याटर जान निकोल लोफ्टी एटोनले ६९ बलमा ५ […]

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछाने चम्कँदा नामिबियाले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २ सय २१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । क्याम्बुस्दुन न्यू ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४७.३ ओभरमा २ सय २० रनमा अल आउट भयो ।


नामिबियाका छैटौं नम्बरका ब्याटर जान निकोल लोफ्टी एटोनले ६९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६० रन बनाए । ओपनर लो हान्ड्री लरेन्स र डिभान ला ककले पहिलो विकेटका लागि ६.३ ओभरमा ३१ रनको साझेदारी गरेका थिए । लरेन्स करण केसीको बलमा १८ रनमा कट एण्ड बोल्ड आउट भए ।

उनले २३ बलमा ३ चौका प्रहार गरे । ११ औं ओभरको चौथो बलमा सन्दीपले आक्रामक सुरुवात गरेका ककलाई एलबीडब्लू आउट गरे । डिभान ला कक ३२ बलमा ७ चौकासहित ४१ रनमा आउट भए । सन्दीपले विकेटकिपर जीन ग्रिनलाई १५ औं ओभरको पहिलो बलमा विकेटकिपर आसिफ शेखबाट स्टम्पिङ आउट गरे ।

नामिबियाका प्रमुख ब्याटर क्रेग विलियम्स ४६ बलमा १ चौकासहित २१ रनमा रन आउट भए । दीपेन्द्रसिंह ऐरीले ३० औं ओभरको पाँचौं बलमा कप्तान गेर्हार्ड इरास्मसलाई २२ रनमा बोल्ड गर्दै प्रमुख विकेट दिलाए ।

तल्लोक्रमका जेजे स्मित १७ र डेविड विजा १८ रनमा आउट भए । नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा ५४ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । करण केसी, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.