default_image

2 years ago

July 13, 2022

नेपालको उत्कृष्ट बलिङमा स्कटल्यान्ड सस्तैमा अल आउट

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी र आदिल अन्सारीको उत्कृष्ट बलिङमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डले नेपाललाई १ सय ४५ रनको सामान्य लक्ष्य दिएको छ । टिटवुड ग्लासगोमा नेपालका टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड ४२.५ ओभरमा १ सय ४४ रनमा अल आउट भयो । एक समय ९५-९ को […]

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी र आदिल अन्सारीको उत्कृष्ट बलिङमा आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डले नेपाललाई १ सय ४५ रनको सामान्य लक्ष्य दिएको छ ।

टिटवुड ग्लासगोमा नेपालका टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड ४२.५ ओभरमा १ सय ४४ रनमा अल आउट भयो । एक समय ९५-९ को अवस्थामा पुगेको स्कटल्यान्डलाई अन्तिम विकेटका लागि हम्जा ताहिर र गेभिन मेनले ४९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

गेभिन ५९ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा अविजित रहे । यो उनको पहिलो अर्धशतक हो । ताहिर ४३ बलमा ७ रनमा अविजित रहे । मार्क वाट् १७ र शफ्यान शरिफ १६ रनमा आउट भए ।मार्क वाट् १७ रनमा अविजित छन् । तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको अन्तिम बलमा ओपनर म्याथ्यु क्रसलाई २ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच गराए ।

करण केसीले सातौं ओभरको अन्तिम बलमा कलुम म्याकलिडलाई १३ रनमा क्याच गराए । उनले २१ बलमा २ चौका प्रहार गरे । उनी एज लागेर फस्ट स्लिपमा रहेका आरिफ शेखबाट क्याच आउट भएका थिए । लगत्तै अर्को ओभरको पहिलो बलमा ओपनर काइल कोट्जर सोमपालको बलमा थर्ड स्लिपमा कुशल भुर्तेलबाट ६ रनमा क्याच गराएपछि स्कटल्यान्ड २२–३ को कमजोर अवस्थामा पुगेको थियो ।

आदिल अन्सारीको बलमा एज लागेर जर्ज मुन्शे ४ रनमा कुशल भुर्तेलबाट आउट भए । सोमपालको १२ औं ओभरको पाँचौं बलमा कप्तान रिची बेरिङ्टन ३ रनमा आसिफबाट क्याच आउट भएपछि स्कटल्यान्ड ३३–५ को संकट अवस्थामा पुगेको थियो ।

आदिल अन्सारीले तल्लोक्रमका माइकल लिस्कलाई ४ र शफ्यान शरिफलाई १६ रनमा आउट गरे । दुबै ब्याटर एज लागेर आउट भएका थिए । ७९-८ को अवस्थाबाट पूनरागमन गरेको थियो ।

नेपालका सोमपाल कामीले १० ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । आदिल अन्सारीले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३५ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.