default_image

2 years ago

July 13, 2022

आसिफको अर्धशतकमा नेपाल जित नजिक

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेखको अर्धशतकमा नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डमाथि सहज जित नजिक पुगेको छ । जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा २ विकेट गुमाउँदै १ सय ६ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख ४९ बलमा ८ चौका र […]

81 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेखको अर्धशतकमा नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डमाथि सहज जित नजिक पुगेको छ ।


जितको लागि १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा २ विकेट गुमाउँदै १ सय ६ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख ४९ बलमा ८ चौका र १ छक्कासहित ५४ अविजित छन् । आसिफले छक्का हान्दै ४८ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक पूरा गरे । उनलाई रोहित पौडेलले १५ रनमा साथ दिएका छन् ।

पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.२ ओभरमा ४७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । कुशल २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए ।

कुशल गेभिन मेनको बलमा विकेटकिपर म्याथ्यु क्रिसबाट क्याच आउट भए । देव खनाल १४ औं ओभरको तेस्रो बलमा देव खनाल एड्रियन नीलको बलमा एज लागेर फस्ट स्लिपमा ४ रनमा क्याच आउट भए ।

त्यसअघि टिटवुड ग्लासगोमा नेपालका टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड ४२.५ ओभरमा १ सय ४४ रनमा अल आउट भयो । एक समय ९५-९ को अवस्थामा पुगेको स्कटल्यान्डलाई अन्तिम विकेटका लागि हम्जा ताहिर र गेभिन मेनले ४९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

गेभिन ५९ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा अविजित रहे । यो उनको पहिलो अर्धशतक हो । ताहिर ४३ बलमा ७ रनमा अविजित रहे । मार्क वाट् १७ र शफ्यान शरिफ १६ रनमा आउट भए । मार्क वाट् १७ रनमा अविजित छन् ।

नेपालका सोमपाल कामीले १० ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । आदिल अन्सारीले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित ३५ रन दिएर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र करण केसीले एक एक विकेट लिए ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.