default_image

2 years ago

July 15, 2022

जिम्बावे र नेदरल्यान्ड्स टि२० विश्वकपमा

एजेन्सी – जिम्बावे र नेदरल्यान्ड्स आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि छनोट भएका छन् । आइसिसी विश्वकप छनोट बी बाट घरेलु टोली जिम्बावे र नेदरल्यान्ड्स फाइनलमा पुग्दै टि२० विश्वकपमा स्थान बनाएका हुन् । नेदरल्यान्ड्सले सेमिफाइनलमा अमेरिकालाई ७ विकेटले हरायो । जिम्बावेले पपुवा न्युगिनीलाई २७ रनले हराउँदै फाइनलमा स्थान बनायो । पहिलो सेमिफाइनलमा घरेलु […]

169 views

0 Bookmark

एजेन्सी – जिम्बावे र नेदरल्यान्ड्स आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपको लागि छनोट भएका छन् । आइसिसी विश्वकप छनोट बी बाट घरेलु टोली जिम्बावे र नेदरल्यान्ड्स फाइनलमा पुग्दै टि२० विश्वकपमा स्थान बनाएका हुन् ।

नेदरल्यान्ड्सले सेमिफाइनलमा अमेरिकालाई ७ विकेटले हरायो । जिम्बावेले पपुवा न्युगिनीलाई २७ रनले हराउँदै फाइनलमा स्थान बनायो ।

पहिलो सेमिफाइनलमा घरेलु टोली जिम्बावे क्विन स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनायो । जिम्बावेका युवा ब्याटर विल्सी मधेभेरेले २९ बलमा ५ चौकासहित सर्वाधिक ४२ रन बनाए ।

कप्तान क्रेग एर्विनले ३० बलमा ४ चौका र १ छक्कासहित ३८ र रेजिस चकभा ३० रनमा आउट भए । मिल्टन शुम्बा २९, सिकन्दर राजा र सेन विलियम्सले २२–२२ रन बनाए । पिएनजीकासेसे बाउ र चाल्र्स अमिनीले २–२ विकेट लिए ।

जितको लागि २ सय रनको विशाल लक्ष्य पछ्याएको पपुवा न्युगिनी निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । पिएनजीका टोनी उराले ३५ बलमा ४ चौका र ५ छक्कासहित ६६ रनमा आउट भए । २२ बलमा अर्धशतक हान्दै उराले एक समय पपुवा न्युगिनीको जितको सम्भावना बलियो बनाएका थिए ।


सेन विलियम्सको १५ औं ओभरको अन्तिम बलमा उरा बोल्ड आउट भएपछि पपुवा न्युगिनीको जितको सम्भावना टाढिएको थियो । चाल्र्स अमिनी ३१, असाद भाला ७, सेसे बाउ ५ र राइली हेकुरे १७ रनमा आउट भए । जिम्बावेका ब्लेसिङ मुर्जाबानीले सर्वाधिक दुई विकेट लिए ।

दोस्रो सेमिफाइनलमा १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सका बास डी लिडे ६७ बलमा ९ चौका र ३ छक्कासहित ९१ रनमा अविजित रहँदै विश्वकप स्थान पक्का गरे । कप्तान स्कट एडवार्ड २६ र म्याक्स ओडआउड १६ रनमा आउट भए ।


त्यसअघि बुआयोमा टस जितेर पहिला ब्याटिङ थालेको अमेरिका १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । अमेरिका मोनाकं पटेल १५ बलमा ५ चौका र १ छक्कासहित ३२ रनमा आउट भए । स्टिभ टेलर २६ र निसर्ग पटेल २८ रनमा आउट भए ।

नेदरल्यान्ड्सका बास डी लिडे र पउल मान मिकरेन २–२ विकेट लिए । नेदरल्यान्ड्स समूह बी र जिम्बावे ए बाट अपराजित रहँदै सेमिफाइनल खेलेका थिए ।

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

April 29, 2024

हैदराबादविरुद्ध चेन्नाईको सहज जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आईतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले सहज जित दर्ता गरेको छ । चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनको फराकिलो जित दर्ता गरेको हो । चेन्नाईले दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक […]

Success

Thank you for your time.