default_image

3 years ago

July 17, 2022

नेपालले नामिबियासँग हार्नुको पाँच कारण

252 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियासँग ६३ रनले पराजित हुन पुग्यो । जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५५ बलमा ३ चौका सहित सर्वाधिक ३८ रन बनाए ।

नामिबियाका स्पिनर बेर्नार्ड शोल्ट्जले ९.५ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ५ विकेट लिए । जान फ्रिंलिकले १० ओभरमा २ मेडनसहित २६ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबिया ४९.२ ओभरमा १ सय ९९ रनमा अल आउट भयो । नामिबियाका कप्तान जेहार्ड एरास्मस ७० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५३ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । बसिर अहमदले ९ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए ।

नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो । स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । नेपाललाई नामिबियालाई हराउने सहज अवसर थियो । नेपालले हार्नुमा खराब ब्याटिङसँगै प्रशिक्षक र कप्तानको पनि गल्ती छ । नेपालले नामिबियासँग हार्नुको पाँच कारण यस प्रकार छन् ।

५. आत्माविश्वासको कमी र गैरजिम्मेवार

पछिल्लो समय गैर जिम्मेवारपन नेपालको मुख्य समस्या हो । पुन त्यहिँ समस्या हारको कारण बन्यो । स्कोरबोर्डको कुनै दबाब थिएन । यदि धैर्यता भएको भए खेलाडीले बिना दबाब सजिलै रन बनाउन सक्थे । देव खनाल डिप मिडविकेटमा विवादित आउट भए ।

अम्पायरले सुरुमा छक्का दिएपनि निर्णय परिवर्तन गरेपछि देव एक रनमा क्याच आउट भए । अरु ब्याटरमा गैरजिम्मेवार र धैर्यताको कमी थियो । आत्माविश्वास नै खेलाडीमा देखिदैन । त्यसैले हतारमा सटहरु खेलेका थिए । सबैभन्दा खराब सट कुशल भुर्तेलको थियो ।

सुरुवाती तीन डट बल खेलेपछि भुर्तेलले फाइन लेगमा सहज क्याच दिए । कुशलको काम विकेट बचाउँदै राम्रो सुरुवात दिने थियो । उनले थुप्रै ओभर मेडन खेल्न सक्थें । उनीसँग समय थियो । विकेट नआएपछि नामिबिया बलरले खराब बल गर्ने थिए । विकेट लिने धुनमा खराब बल गर्नुपर्ने अवस्था आउछ । त्यो बेला रन बनाउन सक्थ्यो ।

४.तेस्रो प्रमुख बलरको अभाव

नेपालको प्लेइङ ११ मा असन्तुलन देखिन्छ । टोलीमा प्रमुख बलरको रुपमा सन्दीप लामिछाने र सोमपाल कामी थिए । सोमपालले सुरुवातमै दुई विकेट लिएका थिए । त्यसलाई सन्दीपले थप एक विकेट लिदै ३६–६ को अवस्थामा पुर्याएका थिए । चौथो विकेटका लागि कप्तान एरामस्स र निकोलले ६८ रनको साझेदारी गरेका थिए । तेस्रो बलर राम्रो नहुँदा नामिबियाले उठायो ।

बसिर अहमद, आदिल अन्सारी, पवन सरार्फले अर्कोतर्फबाट रन खर्चेका थिए । सुरुवातमा तीव्र गतिका बलरलाई सहयोग मिलेको थिए । अर्को तर्फबाट सोमपाललाई साथ दिने प्रमुख बलर करण केसी वा किशोर महतो मध्य एक भएको भए नतिजा अर्कै आउन सक्थ्यो ।

ओडिआईमा दुई प्रमुख बलरको भरमा मात्र मैदान उत्रिनु आफैंमा मुर्खता हो । तेस्रो बलर बसिर अहमदलाई खेलाएको थियो । उनले ९ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए । बसिर अलरान्डर खेलाडी हुन् । तर तल्लोक्रममा डेविड विजा र जेजे स्मितले पनि त्यसको फाइदा उठाएका थिए । बसिरमा अन्तर्राष्ट्रिय अनुभव पनि खासै थिएन ।

३.दीपेन्द्रको रन आउट

दीपेन्द्र आउट नहुनु अघि नेपाल ३४.४ ओभरमा १३२/६ थियो । दीपेन्द्र दोस्रो रन लिने धुनमा ३८ रनमा रन आउट भए । जुन रन आउट हारको एक टर्निङ प्वाइन्ट थियो । दीपेन्द्रको रन आउट पछि नेपालले थप चार विकेट मात्र चार रन बनाएको थियो ।
दीपेन्द्र आउट हुनुअघि नेपाललाई ९३ बलमा ६८ रन चाहिँएको थियो ।

क्रिजमा पवनले साथ दिएका थिए । त्यसपछि सन्दीप, सोमपाल र बसिर आउन बाँकी थियो । दीपेन्द्रले खेल नेपालको मोमेन्टममा राखेका थिए । नामिबिया दबाबमा पनि थियो । तर दीपेन्द्रले आफैँं विकेट दिए ।

त्यसपछि खेलको पुरै मोमेन्टम नामिबियाको पक्षमा गर्यो । त्यो समयमा हतार गर्नुपर्ने आवश्यकनै थिएन । दीपेन्द्रको रन आउट पछि नामिबियाका खेलाडीले गरेको सेल्रिबे्रसेनले पनि यसको महत्व बुझाउँछ ।

२.प्लेइङ ११ मा आश्चर्यजन परिवर्तन

हारको मुख्य जिम्मेवारी प्रशिक्षक, कप्तान र ब्यवस्थापन टिमले लिनुपर्छ । नेपालले प्लेइङ११ मा आश्चर्यजन परिवर्तन थियो । तीव्र गतिका बलर करण केसीलाई विश्राम दिँदै पवन सरार्फलाई खेलाउने निर्णय लियो ।

जसले टोलीको प्लेइङ ११ को सन्तुलन बिग्रिएको थियो । करणलाई विश्राम दिन आवश्यकनै थिएन । सबै खेलाडी खेलेकै थिए । यदि दिनै परेपनि तीव्र गतिकै बलर किशोर महतोलाई मौका दिनुपर्ने थियो ।

महतोले जिम्बावे ए सँगको तेस्रो खेलमा पाँच विकेट लिँदा होस् वा घरेलु क्रिकेटमा । आफूलाई प्रमाणित गरेका छन् । तर कप्तान र प्रशिक्षकले पवनलाई मौका दिए । पवन, सन्दीप, बसिर र दीपेन्द्र स्पिनर थिए । अफ स्पिनरमा टोलीसँग त्यसैपनि दीपेन्द्र राम्रो विकल्प थिए । खै कप्तानले के सोचेर पवनलाई खेलाउने निर्णय लिए । त्यो गलत थियो र नतिजा पनि त्यसै अनुसार आयो ।

१.खराब ब्याटिङ

नेपालको हारको मुख्य कारण नै खराब ब्याटिङ हो । आसिफले ३४ र दीपेन्द्रले ३८ रन बनाए । लक्ष्य जतिसुकै सानो होस् वा ठूलो । पूरा गर्न रन बनाउर्न पर्छ ।

ओडिआई क्रिकेटमा दुई सय रन पनि पूरा हुँदैन भने त्यसको मुख्य कारण खराब ब्याटिङ नै हो । सबै ब्याटरले खराब ब्याटिङ गरे । कुनैपनि ब्याटरले क्रिजमा जमेर राम्रो प्रदर्शन गर्न सकेनन् । दीपेन्द्र, आदिल, आसिफ, कुशलले आफ्नो विकेट आफैं फ्यालेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.