default_image

3 years ago

July 17, 2022

नेपालले टस हार्यो

244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डसँग नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टिटवुड ग्लासगोमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

हल्ला वर्षाको कारण टस ३० मिनेट पछि भएको थियो । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै इतिहास रचेको थियो । आफ्नो इतिहासमा पहिलोे पटक स्कटल्यान्डलाई हराएको थियो । उक्तक्रममा सोमपाल कामी र आदिल अन्सारीले समान तीन विकेट लिएपछि स्कटल्यान्ड १ सय ४४ रनमा आउट भएको थियो । उक्त लक्ष्य पूरा गर्न आसिफ शेखले ७१ रनको योगदान दिएका थिए ।

तर नामिबियासँग दुबै खेलमा नेपाल खराब ब्याटिङको कारण ४० र ६३ रनले पराजित हुन पुगेको थियो । दोस्रो खेलमा नेपाल २ सय रनको लक्ष्य पछ्याउनेक्रममा १ सय ३६ रनमा अल आउट भएको थियो । खराब ब्याटिङ नेपालको सबैभन्दा ठूलो चिन्ताको विषय हो ।

सबै ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, देव खनाल, आसिफ शेख र कुशल भुर्तेल प्रमुख ब्याटर हुँदा ठूलो इनिङ खेल्नुपर्छ । गैर जिम्मेवार ब्याटिङ ठूलो चिन्ता बनेको छ । तीव्र गतिका बलरको प्रदर्शन महत्वपूर्ण हुन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.