default_image

3 years ago

July 17, 2022

नेपाल स्कटल्यान्डसँग पराजित

325 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डसँग ८ विकेटले सहजै पराजित भएको छ । योसँगै स्कटल्यान्ड भ्रमणमा नेपालले एक मात्र जितका साथ फर्किने भएको छ ।

जितको लागि १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले १९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्यान्डका ओपनर काइल कोट्जर ५२ बलमा ७ चौकासहित ४४ रनमा अविजित रहे ।

कलुम म्याकलिओडे २९ बलमा १० चौका र ३ छक्कासहित ६४ रनको आक्रामक इनिङ खेल्दै आउट भए । नेपालका सन्दीप लामिछानेले र सोमपाल कामीले १-१ विकेट लिए ।

त्यसअघि टिटवुड ग्लासगोमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३४.५ ओभरमा १ सय २८ रनमा अल आउट भएको थियो । नेपालका ओपनर आसिफ शेख ५८ बलमा ६ चौकासहित सर्वाधिक ४० रनमा क्याच आउट भए । आसिफ स्पिनर मार्क वाट्टको १९ औं ओभरको तेस्रो बलमा विकेटकिपर म्याथ्यु क्रसबाट क्याच भए । तर अम्पायरको निर्णयमा भने आसिफ सन्तुष्ट थिएनन् । उनले एज नलागेको संकेत दिएका थिए ।

आसिफ आउट हुँदा नेपाल १८.३ ओभरमा ६४–३ को अवस्थामा थियो । थप ६ रन जोेड्न मध्यक्रमका तीन ब्याटर गुमाएपछि नेपाल समस्यामा परेको थियो । ओपनर कुशल भुर्तेल पुन खराब प्रदर्शन गर्दै आउट भए । कुशल स्पिनर मार्क वाट्टको छैटौं ओभरको दोस्रो बलमा १६ बल खेल्दै ३ रनमा क्याच आउट भए ।

देव खनाल गेभिन मेनको बलमा १० रनमा क्याच आउट भए । रोहित पौडेल २० औं ओभरको पाँचौं बलमा फस्ट स्लिपमा कलुम म्याकलेओडबाट १० रनमा क्याच भए । रोहितले १६ बलमा १ चौका प्रहार गरे ।

मार्क वाट्ले नै आरिफ शेखलाई २१ औं ओभरको तेस्रो बलमा कलुमबाट शून्यमा क्याच गराएपछि नेपाल संकटमा परेको थियो । दीपेन्द्र स्पिनर हम्जा ताहिरको बलमा एज लागेर विकेटकिपरबाट ७ रनमा क्याच आउट भए ।

स्कटल्यान्ड भ्रमणमा पहिलो खेल खेलेका विनोद भण्डारी २१ बलमा २ चौकासहित १३ रनमा आउट भए । भण्डारी ताहिरको बलमा प्वाइन्टमा खेल्ने धुनमा क्रिस ग्रिब्सलाई विकेट सुम्पेका थिए । करण केसी गेभिन मेनको बलमा ७ रनमा बोल्ड भए । सन्दीप लामिछाने २७ बलमा ३ चौकासहित २७ रनमा अन्तिम विकेटका रुपमा क्याच आउट भए ।
स्कटल्यान्डका स्पिनर हम्जा ताहिरले ७.५ ओभरमा १ मेडनसहित २६ रन खर्चेर ४ विकेट लिए । मार्क वाट्टले ८ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । गेभिन मेनले दुई विकेट लिए ।

नेपाल स्कटल्यान्ड भ्रमणमा तीन खेलमा हार र एक खेलमा विजयी भयो । पहिलो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । नामिबियासँग ४० र ६३ रनले पराजित भएको थियो । नेपाल २० खेलमा ८ मा जित र ११ मा हारका साथ १७ अंक जोेड्दै छैटौं स्थानमा पुगेको छ । योसँगै नेपालको शीर्ष तीनमा रहेर सिधैं ग्लोबल एकदिवसिय विश्वकप छनोट खेल्ने अवसर कठिन बनेको छ ।

अंक तालिका

ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २४ खेलमा १६ मा जित र ६ मा हारका साथ ३४ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका २४ खेलमा ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा छ । नामिबिया १८ खेलमा ९ मा जित र ९ मा हार सहित १८ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २० खेलमा ८ मा जित र ११ मा हारका साथ १७ अंक जोड्दै छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.