default_image

3 years ago

July 18, 2022

अली खान भन्छन् – ‘नेपाली समर्थक सबैभन्दा खराब’

387 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका बलर अली खानले सामाजिक संजाल ट्वीटरमार्फत नेपाली समर्थक सबैभन्दा खराब रहेको प्रतिक्रिया दिएका छन् ।

अमेरिकी पत्रकार पिटर डेला पेनाले एक समर्थकले उनलाई लेखेको व्यक्तिगत संदेशबारे लेखिएको पोस्टमा अली खानले आफ्नो प्रतिक्रिया दिएका हुन् । नाम नखुलेका नेपालका समर्थकले पत्रकार पेनालाई कमेन्ट्री गर्दा नेपालको विपक्षमा बोलेको बताएका थिए । पेनाले आफ्नो भनाइ राखेको पोस्टमा अली खानले पनि नेपालका समर्थक सबैभन्दा खराब रहेको बताएका हुन् ।

गत महिना मात्र नेपालले अमेरिका टुरमा रहँदा अली खानले मैदानमा उपस्थित समर्थकलाई लक्षित गर्दै विभिन्न हाउभाउ देखाएका थिए । फिल्डिङका क्रममा नेपाली समर्थकलाई उत्तेजित पार्ने हर्कत गरेका अली खानले दोस्रो खेल जितेपछि नेपाली समर्थककै अगाडी भाङ्ग्रा नाच देखाएका थिए ।

https://twitter.com/IamAlikhan23/status/1548759020751753216

अली खान अमेरिकाले पाएको हालसम्मकै सर्वश्रेष्ठ क्रिकेटरमा गनिन्छन् । उनी आइपिएलमा बिक्ने पहिलो अमेरिकी क्रिकेटर समेत बनेका थिए । उनले अन्य विदेशी लिगमा पनि खेल्दै आएका छन् । पाकिस्तानमा जन्मिएका उनले सन् २०१६ मा अमेरिकाबाट डेब्यु गरेका थिए ।

हाल ३१ वर्ष पुगेका उनी आफ्नो परिवारसँग १८ वर्षको हुँदा अमेरिका आएका थिए । उनी सन् २०१५ मा खुला छनोटबाट आइसीसी अमेरिकाको टोलीमा पर्दै चर्चामा आएका थिए । उनको जीवनकथामा आधारित रहेर पत्रकार पेनाले किताब समेत लेखेका छन् ।

अली गत साता अमेरिकाबाट आइसीसी टि२० विश्वकप छनोट खेल्दा घाइते हुन पुगेका थिए । अमेरिका आफ्नो समूहबाट अघि बढेपनि सेमिफाइनलमा नेदरल्यान्ड्ससँग पराजित हुँदै विश्वकपमा छनोट हुन असफल रहयो । अमेरिका तेस्रो स्थानको खेलमा पनि पिएनजीसँग पराजित भएको थियो ।

अमेरिका सन् २०१९ मा नेपाल भ्रमणमा आउँदा अली टोलीमा थिएनन् । ह्युस्टनमा गत महिना भएको खेलदेखि नै उनको हाउभाउका कारण सामाजिक संजालमा नेपाली समर्थकले अलीमाथि नकारात्मक टिप्पणी गरेका थिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.