default_image

2 years ago

July 19, 2022

दासानायकेको असफलतासँगै संकटमा ओडिआई मान्यता

157 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेटको इतिहासको पाना पल्टाउँदा पुबुदु दासानायके सफल प्रशिक्षकमा गनिन्छन् । दासानायके मुख्य प्रशिक्षक हुँदा नेपालले पहिलो पटक २०१४ मा टि२० विश्वकप खेल्दै इतिहास रचेको थियो । त्यसबेला टोलीले सन् २०११ देखि २०१५ सम्म डिभिजन चारदेखि दुई सम्मको यात्रा गर्यो ।

क्यानभित्रको आन्तरिक किचलोको कारण दासानायकेले सन् २०१५ मा नेपाली क्रिकेट छाडे । ६ वर्षपछि पुन: दोस्रो कार्यकालका लागि फर्किएका दासानायकेले लगातार कमजोर नतिजा हात पारेका छन् । विगतमा समर्थकमाझ निकै प्रशंसा बटुल्ने दासानायके अहिले आलोचित पात्र बनेका छन् । निकै कठिन परिस्थितिमा नेपाल आएका दासानायकेले सात महिना बितिसक्दा पनि टोलीलाई निकास दिन सकेका छैनन् ।

आइतबार सम्पन्न स्कटल्यान्ड भ्रमणमा नेपालले लज्जास्पद ब्याटिङ गर्दै चार मध्य तीन खेल हार्यो । अन्तिम खेलमा स्कटल्यान्डसँग जम्मा १ सय २८ रनमा अल आउट भयो । नामिबियासँग २ सय रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय ३६ रनमा सबै विकेट गुमायो ।

सन्दीप लामिछानेको कप्तानी र दासानायकेको प्रशिक्षणमा नेपालले १४ ओडिआईमध्य ९ मा हार र ४ मा जित हात पारेको छ । एक खेल बाराबरीमा सकिएको छ । टि२० क्रिकेटमा १३ खेलमा १० मा जित र ३ मा हार छ । ओडिआईको १२ खेल विश्वकप लिग–२ का हुन् । जसमा नेपालले ७ खेल हारेको छ । त्यसैको कारण शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्ने समीकरण अब कठिन बनेको छ ।

शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता पाउने सम्भावना पनि पातलिंदै गएको छ । क्यानाडासँग दोस्रो एकदिवसिय अभ्यास खेलमा १ सय ८९ रनको लक्ष्य पछ्याउनेक्रममा नेपाल १ सय ५ मा अल आउट भएको थियो । उनको प्रशिक्षणमा नेपालले १२ मध्य ७ खेलमा २ सय रन कटाउन सकेको छैन । १ सय ५० भन्दा कममा दुई पटक समेटिएको छ । प्रशिक्षण खेलमै पनि २ सय माथिको योगफल एक पटक मात्रै पूरा गरेको छ । गत मार्चमा शारजाहमा पपुवा न्युगिनीविरुद्ध २ सय ५ रनको योगफल पूरा गरेको थियो ।

त्यसै सिरिजमा युएईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याउनेक्रममा १ सय २० रनमा अल आउट भयो । युएईले नै दिएको २ सय ३ रनको लक्ष्य पछ्याउनेक्रममा १ सय ३ रनमा समेटियो । दासानायके आउनुअघि डेभ ह्वाटमोरले ब्याटिङमा ठूलो आशा देखाएका थिए । ह्वाटमोरको प्रशिक्षणमा गत सेप्टेम्बरमा अल अमरेतमा अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य पूरा गरेको थियो । ह्वाटमोरले छोटो समयमा ठूलोे परिवर्तन गरे । पुबुदुको प्रशिक्षणमा नेपालले तीन पटक २ सय ५० माथि रन बनाएपनि हारेको छ । जस मध्य दुई खेल पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा थियो ।

नेपाल जुन स्तरको क्रिकेट खेलेको छ त्यो दासानायकेले सम्हाल्न सकेका छैनन् । क्यानले उनलाई ल्याउनुको एक कारण तत्कालिन विवाद समाधान गर्न थियो । उनीभन्दा नजिकबाट नेपाली क्रिकेट बुझ्ने अरु प्रशिक्षक थिएनन् । अरुलाई ल्याउँदा झनै भन्द्रगोल हुनसक्थ्यो । एक हदसम्म उक्त विवाद साम्य भएपनि त्यसले नतिजामा भने निकै असर गरेको छ ।

दासानायकेको आगमनपछि नेपालले टि२० विश्वकप खेल्ने अवसर गुमायो । दासानायकेमाथि क्यान र संघका कर्माचारी हावी भएको आरोप पनि छ । सन् २०१४ मा क्यानविरुद्ध आन्दोलनपछि उनको बोर्डसँग सम्बन्ध निकै बिग्रिएको थियो । क्यानले पनि पहिला अदालतसम्म पुर्याएका उनैलाई अहिले मुख्य प्रशिक्षक बनायो । यसमा दुवै पक्षको केहि स्वार्थ रहेको आँकलन गर्न सकिन्छ ।

त्यसो त क्यानले उच्च स्तरिय प्रशिक्षक ल्याउन नखोजेको होईन । तर तत्कालिन खेलाडीको विवाद र पछिल्लो समय टोलीमा देखिएको गुटबन्दीका डरले त्यो जोखिम लिन चाहेन ।

लज्जास्पद ब्याटिङका साथ खराब प्रदर्शन खेलाडीले गरेका छन् । जवाफमा समर्थकबाट चर्को आलोचना क्यानले खेपिरहेको छ । पछिल्लो एक वर्षमा क्यानले अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीलाई लगातार व्यस्त राखेको छ । अन्तर्राष्ट्रिय सिरिजदेखि अभ्यासमा अत्यधिक खर्च भएको छ । तर घरेलु संरचना र प्रतियोगिताको अवस्था भने दयनीय छ । शून्य जस्तै छ ।

प्रशिक्षक मात्र होईन कप्तान सन्दीप, क्यान, क्यानका उच्च पदाधिकारी र गैर जिम्मेवारी ब्याटिङ गर्ने सबै खेलाडी खराब प्रदर्शनका भागीदार हुन् । टोलीमा मैदानभित्र बलरलाई भने प्रश्न गर्ने खासै ठाउँ छैन । पछिल्लो चार वर्षमा सिनियर होस् वा युवा खेलाडी नेपालको सबैभन्दा ठूलो समस्या नै गैरजिम्मेवार ब्याटिङ हो । अधिकांश खेलमा हारको कारण गैरजिम्मेवार ब्याटिङ नै हो । दासानायाकेले सुरुवातदेखि यसलाई सुल्झाउने भनेपनि त्यो समस्या अन्त्य गर्न सकेनन् ।

दासानायकेबाट पाउनु पर्ने ज्ञान नेपाली क्रिकेटले पाइसकेको तर्क पनि छ । सन् २०१५ सम्म उपलब्धि हासिल गरेपछि उनीबाट पाउन बाँकी खासै केहि छैन । अब नयाँ यात्रा गर्न नयाँ शैलीको प्रशिक्षण र तयारी चाहिन्छ । अहिले सबै युवा खेलाडी छन् । यी खेलाडीले राम्रो प्रशिक्षक नपाएमा नेपाली क्रिकेटको भविष्य झनै अन्धकार बन्नेछ । युवा खेलाडीले विश्वस्तरिय ब्याटिङ प्रशिक्षण अनिवार्य बनेको छ । उनीहरुलाई कस्तो बनाउने अहिलेको प्रशिक्षणले निर्भर पार्छ ।

राम्रो प्रशिक्षक पाए नेपालको ब्याटिङ कमजोर छैन भन्ने ह्वाटमोर राम्रो उदाहरण हुन् । ह्वाटमोरले छोटो समयमा नेपाली ब्याटिङमा धेरै परिवर्तन ल्याएका थिए । पुबुदुको प्रशिक्षणमा भने तीनै खेलाडी चल्न सकेका छैनन् । यसअघि प्रदर्शन गरेका खेलाडीले पनि रन बनाउन सकेका छैनन् । भरपर्दा ब्याटर दीपेन्द्रको ब्याटिङक्रमनै बिगारेर पाँचमा पुर्याएका छन् । ब्याटिङक्रमले प्रदर्शनमा धेरै फरक पार्छ ।

साथ नपाएका पुबुदु

कुनैपनि टिम सफल हुन एकता हुनुपर्छ । सन् २०१४ मा उनी सफल हुनुको कारण एकता र टिम भावना थियो । कप्तान, प्रशिक्षक र खेलाडीबीच एकता भएन भने ठूलो दुर्घटना निम्ताउँछ । कतिपयले प्रशिक्षकलाई खेलाडीले असहयोग गरेको बताउँछन् । अहिले प्रशिक्षकको मुख्य काम नै खेलाडीलाई एक भएर अगाडि लैजानु थियो । एकतृत एक बनाउन नसक्नु आफैंमा एक असफलता बनिसकेको छ ।

एक दुई प्रतियोगिता प्रदर्शन अनुसार कसैलाई पनि आलोचना गर्न मिल्दैन । तर लगातार खराब खेलेपछि भने विकल्प खोज्नुपर्छ । नेपाललाई अर्को स्तरमा पुर्याउने हो भने अब दासानायकेको विकल्प खोज्नुपर्छ । नेपालको सपना ओडिआई हुँदै टेस्ट राष्ट्र बन्ने हो । तर अहिलेको अवस्था हेर्दा ओडिआई स्तर जोगाउन कठिन हुने देखिन्छ । कुनै समय विश्वकपको सेमिफाइनल खेलेको केन्या अहिले डिभिजन श्रेणीमा संघर्ष गरिरहेको छ । बेलैमा होस् नपुर्याए नेपालको पनि त्यसै हविगत नहोला भन्न सकिन्न ।

नेपालसँग अझैपनि विश्वकप लिग-२ मा १६ खेल बाँकी छन् । यसक्रममा नेपालले ८ खेल देशमा र ८ खेल विदेशमा खेल्नेछ । बाँकी खेलमा सानदार प्रदर्शन गर्न सके ओडिआई मान्यता र विश्वकप छनोट पुग्ने सहज बाटो दुवै रहन सक्छ । त्यसको लागि टोलीले कम्तिमा १० खेल जित्न सक्नुपर्छ । त्यसलागि छोटो युद्धस्तरमा परिवर्तन गर्नुपर्छ । आगमी तीन महिना कम्तिमा नेपालले विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज नखेल्ने हुँदा प्रशिक्षकको विकल्प खोज्न सक्छ ।

अहिलेको शैलीमा टोली अघि बढ्ने हो भने विश्वकप होईन ओडिआई मान्यतानै बच्न मुश्किल छ । पछिल्लो समय टोलीले सुधार हुने संकेत पनि देखाएको छैन । प्रशिक्षकलाई खेलाडीले समेत नटेरेको संकेत पाउन सकिन्छ । कि त प्रशिक्षकले आफ्नो शैलीमा परिवर्तन गर्नुपर्छ, या संघले विकल्प खोज्नुपर्छ । तर नतिजा भने आउनुपर्छ ।

क्यान र देशले क्रिकेटमा पछिल्लो समय ठूलो लगानी गरेको छ । एक समय एसोसियट क्रिकेटमा राज गरेका हङकङ, क्यानाडा र केन्या ओडिआई मान्यता नहुँदा क्रिकेट कस्तो अवस्थामा पुग्छ भन्ने राम्रा उदाहरण हुन् ।

क्यानले काम गरोस वा नगरोस, आडिआई मान्यता निरन्तरता हुन नसके आलोचना आफैं खानुपर्छ । अब संघ गम्भीर हुनुपर्छ । टोलीको कमजोरी जरादेखि निर्मुल पार्नुपर्छ । कप्तान र प्रशिक्षकलाई असहयोग गर्ने मनसाय यदि कसैमा रहेछ भने बाहिर राख्न मुटु कमाउनु हुँदैन । नाम किन जतिसुकै ठूलो नहोस्, देश भन्दा ठूलो कोही हुँदैन ।

टोलीको खराब नतिजाको जिम्मेवारी खेलाडीले पनि लिनुपर्छ । ओडिआई मान्यता रहँदा सबैलाई ठूलो असर पर्ने निश्चित छ ।

क्यानपनि नेपालको प्रदर्शनमा गम्भीर रहेको अध्यक्ष चतुरबहादुर चन्द बताउँछन् । ‘पछिल्लो समय हाम्रो प्रदर्शन चिन्ताजनक छ । ब्याटिङमा ओपनर र मध्यक्रम नचलेको हुनाले चिन्ताजनक अवस्था छ । सुधारको लागि खेलाडी, प्रशिक्षक र व्यवस्थापनसँग बसेर कसरी अगाडि बढ्ने भनेर छलफल गर्छौं, ; क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने ।

चन्दले पनि दासानायकेले अपेक्षित नतिजा दिन नसकेको स्वीकार गर्दछन् । ‘प्रशिक्षकको कार्यकाल हेर्दा सफल भएन । उनको कार्यकालमा हामीले सोचे अनुसारको नतिजा हात पार्न सकेनौं । एउटा समस्या आएको छ । ह्वाटमोरलाई एक वर्षको लागि ल्याएर आएको हुँदा छोडेर जानुभयो । नेपाली क्रिकेटको लागि दुर्भाग्य नै त्यो हो’, चन्दले भने । ह्वाटमोरलाई ल्याउँदा क्यानको चौतर्फी प्रशंसा भएको थियो ।

‘ब्याटिङकै कारण हामी तल परेको अवस्था हुनाले छलफल गर्दैछौं । हाललाई विकल्प खोज्ने बारे बोर्डले छलफल गरेको छैन । टिम आउँदैछ । टिम व्यवस्थापन बस्छ । सहमतिबाटै सबै कुरा टुंगो लाग्छ । टिमको प्रदर्शनबारे समीक्षा भएको छ । उचित निर्णय लिन्छौं’, चन्दले भने ।

दासानायिकेको प्रशिक्षणमा नेपालको हालसम्को नतिजा

पुबुदु दासानायके गत पुषमा नेपाल आएका थिए । त्यसबेला क्यानको कारवाहीमा परेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई समर्थन गर्दै अरु केहि खेलाडीले पनि प्रशिक्षणमा नजाने अडान लिएका थिए । धेरै प्रयासपछि खेलाडी प्रशिक्षणमा आए ।

नेपाल ओमानमा टि२० विश्वकप छनोट खेल्न जाँदै थियो । क्यानले भने एकदिवसिय प्रतियोगिता खेलेर त्यसको तयारी गरेको थियो । मिडिया र समर्थकको चर्को दबाबपछि टि२० प्रतियोगिता गर्यो । त्यसबेला खराब लयमा रहेका शरद भेषवाकरलाई टोलीमा समेट्दा सोमपाल कामी परेनन् । धेरैले सुरुमै आलोचना गरे ।

चार देश सम्मिलित सिरिजमा नेपालले तीन मध्य दुई खेलमा हार्यो । आयरल्यान्डले प्रस्तुत गरेको १ सय २८ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ९ विकेट गुमाउँदै १ सय ११ रन बनायो । टोलीसँग ओमान पुगेका करण केसी चोट देखाउँदै बाहिरिएपछि टोली झनै कमजोर बन्यो ।

समूह चरणमा लगातार तीन जितपछि विश्वकपमा पुग्नको लागि सेमिफाइनलमा पुएईसँग १ सय ७६ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय ७ रनमा अल आउट हुँदै लज्जास्पद ब्याटिङ गर्यो । अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने स्वर्णीम अवसर गुमायो । पुबुदुको पहिलो भ्रमण हुँदा तुलनात्मक रुपमा विश्वकप गुमाउँदा पनि आलोचना कम भयो । सबैले खेलाडीकै आलोचना गरे ।

विश्वकप छनोटमा नेपालले पाँच मध्य चार खेल जितेको थियो । त्यसपछि नेपालले युएईमा आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न गयो । युएईसँग १ सय ६९ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय २० रनमा समेटियो । युएईसँगै २ सय ३ रनको लक्ष्य पछ्याउनेक्रममा १ सय ३ रनमा अल आउट भयो । घरेलु मैदानमा पपुवा न्युगिनीसँग दुबै ओडिआई खेल खेलको सिरिज हार्नु पर्यो । जुन ओडिआईमा पहिलो क्लिनस्विप थियो ।

मलेसिया र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक ओडिआई सिरिजमा बाँकी सबै खेलमा जित हात पार्यो । त्यसपछि नेपालले जिम्बावे ए सँग तीन टि२० अभ्यास खेल १–१ को बराबरीमा सक्यो । तीन एकदिवसिय अभ्यास खेल २–१ ले जित्यो । नेपाल जुनमा अमेरिका भ्रमण गर्यो । अमेरिका एक खेलमा जित, २ मा हार र एकमा टाइ भयो । अभ्यास खेलमा नेपाली अल स्टार्ससँग हारेको थियो ।

ओमानसँग पहिलो खेलमा २ सय १२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १ सय ९८ रनमा अल आउट भयो । अमेरिकाविरुद्ध पहिला २ सय ७४ रन बनाएर पनि टाई गर्न पुग्यो । स्कटल्यान्ड भ्रमणमा पनि खराब ब्याटिङले तीन खेल गुमाउनु पर्यो ।

दासानायके दोस्रो कार्यकालमा आएपछि उनका पाँच चुनौती यस प्रकार थिए : नेपाली क्रिकेटमा पुबुदुका पाँच मुख्य चुनौती

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.