default_image

9 years ago

December 16, 2016

यु-१९ एसिया कप: भारतसँग नेपाल पराजित

153 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा जारी यु-१९ एसिया कपको दोस्रो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले पुरा पचास ओभर खेल्दै ९ विकेट गुमाएर १७२ रन बनाएको थियो । भारतले १७३ रनको लक्ष्य ३३.३ ओभरमा ४  विकेट गुमाउदै पुरा गरेको थियो ।

u19-asia-cup

लगातार दोस्रो खेलमा टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले १७२ रन बनाउदा रोहित कुमार पौडेलले अर्धशतक प्रहार गरेका थिए । धेरै जसो खेलाडिले दोहोरो अंक बटुल्न नसक्दा रोहितको अर्धशतक निकै महत्वपुर्ण रह्यो ।

अन्तिम ओभररहदा ४४ रनमा रहेका रोहितले १ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन । उनले अन्तिम ओभरमा २ छक्का र ३ चौका प्रहार गरेका थिए ।  पहिलो खेलमा खेलेका कमल सिंह ऐरिको स्थानमा आज रोहितलाई अवसर दिइएको थियो।

रोहितले ९३ बलको सामना गर्दै ६ चौका र ३ छक्काको मद्दत्ले ६८ रनको अभिजित योगदान दिए। श्रीलंकासँग ९० रन प्रहार गरेका दीपेन्द्र सिंह ऐरीले पनि ३४ रन जोडेका थिए । अन्य ब्याट्सम्यान आसिफ शेखले १८, प्रकाश केसीले १३, शुभनकर उराओले ९, सन्दिप सुनारले ७ तथा सन्दिप लामिछानेले ७ रन को योगदान दिएका थिए ।

१७४रनको लक्ष्य लिएर ब्याटिङ गर्न आएका भारतिय ओपनर शाहलाई ईनिङको दोस्रो ओभरमै सन्दिप लामिछानेले पेभोलियन फर्काएका थिए । भारतका लागि राना र गिलले अर्धशतक प्रहार गरेका थिए । नेपालका लागि अन्य तीन विकेट पवन सराफले लिएका थिए ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.