default_image

9 years ago

December 17, 2016

युवा एसिया कपको दुई खेलसम्म ब्याटिङमा दीपेन्द्र शीर्षस्थानमा

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको समूह चरण नेपाल बाहिरिसकेको छ । आइतबार मलेसियासँग प्रतिस्पर्धा गरेसँगै यस पटकको नेपालको यात्रा टुंगिने छ । तर, प्रतियोगितामा समूह चरण अन्तर्गतका दुई खेल सकिदा भने नेपाली युवा खेलाडी शीर्षस्थानमा रहेका छन् । ती हुन्, दीपेन्द्र ऐरी । उनले प्रतियोगिताका दुई खेलमा १ सय २४ रन बनाएका छन् ।

dipendra aire
श्रीलंकाविरुद्धको २ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १ रनले पराजित गरेको थियो । त्यो खेलमा नेपाललाई जितको नजिक पुर्याउनेमा दीपेन्द्रकै भूमिका महत्वपूर्ण थियो । उनले श्रीलंकाविरुद्ध ९० रन बनाएका थिए । त्यो खेलमा ९९ बल खेल्दै उनले ९ चौका र १ छक्का प्रहार गरेका थिए ।

त्यस्तै शुक्रबार भारतविरुद्धको दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । नेपालले त्यसमा पहिले ब्याटिङ गर्दै १ सय ७३ रन बनाएको थियो । जसमा दीपेन्द्रले ३४ रन बनाएका थिए । त्यसमा उनले ६२ ब खेल्दै ४ चौका प्रहार गरेका थिए । दीपेन्द्रले श्रीलंकाविरुद्ध १ विकेट पनि लिएका थिए । त्यो खेलमा उनी म्यान अफ दी म्याच घोषित भएका थिए ।
ब्याटिङमा भारतका पृथ्वी साह ९४ रनसहित दोस्रो र अफिगानिस्तानका ए सुरुल दारविस ९२ अंकसहित तेस्रो स्थानमा छन् । त्यस्तै दुई खेलपछि बलिङतर्फ ६ विकेटका साथ आयोजक श्रीलंकाका कामिन्डु मेन्डिस शीर्षस्थानमा छन् । भारतका राहुल चाहर र के सिंह नगरकोटी समान ५ विकेटका साथ दोस्रो र तेस्रो स्थानमा छन् ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.