default_image

2 years ago

August 3, 2022

विश्वकप अघि ७ टि२० आई सिरिज खेल्न इंग्ल्यान्ड पाकिस्तान जाने

89 views

0 Bookmark

एजेन्सी – टि२० विश्वकप अघि ७ टि२० आई खेलको सिरिजको लागि इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ । सेप्टेम्बर चौथो सातादेखि सुरु हुने इंग्ल्यान्ड र पाकिस्तानबीचको ७ टि२० आई खेलको सिरिजबाट टि२० विश्वकपको टोली निर्धारण गर्ने छन् ।

पाकिस्तान क्रिकेट बोर्डले ७ टि२० आई सिरिज खेलको तालिका मंगलबार सार्वजनिक गरेको छ । २० सेप्टेम्बरदेखि सुरु हुनेछ । दुई अक्टोबरमा सातौं खेल सकिने छ । टि२० विश्वकप आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न सहरमा हुनेछ । पहिलो चरणबाट सुपर १२ मा समूहका शीर्ष दुई दुई टोली पुग्नेछन् ।

पाकिस्तानसँगको सिरिज पछि इंग्ल्यान्ड विश्वकप खेल्न अष्ट्रेलिया जानेछ । जस बटलरको कप्तानीमा रहेको इंग्ल्यान्ड टिम निर्माणको क्रममा छ । हालचालै इंग्ल्यान्डले भारत र दक्षिण अफ्रिकासँग टि२० आई सिरिज गुमाएपछि गम्भीर समीक्षामा छ । सुरुवाती चार टि२० आई खेल कराँचीमा हुनेछ । कराँचीमा २० सेप्टेम्बर, २२ सेप्टेम्बर, २३ सेप्टेम्बर र २५ सेप्टेम्बरमा एक देखि चार टि२० आई खेल हुनेछन् । पाँचौं, छैटौं र सातौं टि२० आई खेल लाहोरमा क्रमशः २८, ३० र २ अक्टोबरमा हुनेछ ।

पाकिस्तानमा बाबर आजम, मोहम्मद रिजवान, फखार जमान र आसिफ अली जस्ता ब्याटर छन् । शाहिन शाह अफ्रिदी, हसन अली, हरिस रौफ जस्ता तीव्र गतिका बलर छन् ।

यता इंग्ल्यान्डमा विष्फोटक ब्याटरको बाहुल्यता छ । जस बटलर, मोईन अली, जोनी बेयरस्टो, बेन स्टोक्स, लियाम लिभिङस्टोन हुनेछन् । चोट बोकेका मार्क वुड, क्रिस वोक्स र जोफ्रा आर्चर यस सिरिज सम्म फर्किने अपेक्षा गरिएको छ ।

गतवर्ष युएईमा भएको टि२० विश्वकपमा पाकिस्तान र इंग्ल्यान्ड दुबै सेमिफाइनलबाट बाहिरिएका थिए । इंग्ल्यान्ड न्युजिल्यान्ड तथा पाकिस्तान अष्ट्रेलियासँग सेमिफाइनलमा पराजित भएका थिए । यस पटकको विश्वकपमा पनि यी दुबै उपाधिका दाबेदार टोली हुन् ।

May 8, 2024

हेड र अभिषेकको सानदार ब्याटिङमा हैदरावादको जित 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बुधबार सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्समाथि सानदार जित दर्ता गरेको छ । हैदरावादले विष्फोटक ब्याटिङ गर्दै लखनऊ माथि १० विकेटको जित निकालेको हो ।   हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १ सय ६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो । हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार […]

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

Success

Thank you for your time.