default_image

3 months ago

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

6609 views

0 Bookmark

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो ।

एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल गरेपछि रियलले उत्कृष्ट पुनरामगन गर्दै फाइनल प्रवेश गरेको हो ।

६८औं मिनेटमा अल्फोन्सो डेविसले बायर्नलाई अग्रता दिलाएका थिए । ह्यारी केनको पास बायाँ फ्लान्कमा लिएर दायाँ खुट्टामा लगि उनले शक्तिशाली प्रहारका साथ बायर्नलाई समग्रमा एक गोलले अघि लगेका थिए ।

सुरुवाती रोजाइमा नरहेका डेविस २७औं मिनेटमा सर्ज गन्याब्रीलाई चोट लागेपछि उनको ठाँउमा मैदान प्रवेश गरेका थिए ।७१औं मिनेटमा रियलका कप्तान नाचोले गोल गर्न सफल रहेका थिए । तर उनले जोशुवा किमिचमाथि गरेको फाउलका कारण गोल रद्द भएको थियो।

तर ८८औं मिनेटमा रियलले खेलमा बराबरी गर्यो । बायर्नका गोलरक्षक म्यानुएल नुएरले भिनिसियस जुनियरको प्रहार नियन्त्रणमा लिन नसकेपछि जोसेलुले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा जोसेलुले अर्को गोल गर्दै रियललाई जित दिलाए । एन्टनियो रुडीगरको क्रसमा उनले गोल गरेपनि सुरुवातमा रेफ्रीले अफसाइडको निर्णय गरेका थिए । तर भिएआरको सहायताले निर्णय बदलिएपछि रियलले खेलमा अग्रता लियो ।

बायर्नको घरेलु मैदानमा भएको पहिलो लेग २-२ को बराबरीमा सकिएको थियो । बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो ।

रियलले अब फाइनलमा उपाधिका लागि अर्को जर्मन टोली बोरुसिया डर्टमुण्डसँग खेल्नेछ । डर्टमुण्डले अर्को सेमिफाइनलमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि समग्रमा २-० को जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.