default_image

2 years ago

August 3, 2022

ओलीको सानदार दोहोरो शतक

228 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डको घरेलु प्रतियोगिता रोयल लन्डन वानडे कपमा विकेटकिपर ओली रोविन्सनले सानदार दोहोरो शतक प्रहार गरेका छन् ।

२३ वर्षीय ओलीको दोहोरो शतकको सहयोगमा वर्सेस्टरशायरले दिएको ३ सय ५२ रनको विशाल लक्ष्य केन्टले ४४.५ ओभरमै ३ विकेट गुमाउँदै पूरा गर्यो । ओली रोविन्सनले १ सय ३१ बलमा २७ चौका र ६ छक्कासहित २ सय ६ रनको अविजित दोहोरो शतकीय इनिङ खेले ।

ओपनर बेन क्यामप्टन ७४ बलमा ७ चौकासहित ७५ रनमा आउट भए । त्यसअघि काउन्ट्री ग्राउन्ड न्यू रोडमा टस जितेर पहिला ब्याटिङ थालेको वर्सेस्टरशायरले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५१ रन बनाएको थियो ।

उसको लागि पाकिस्तानका कासिफ अलीले ९९ बलमा १४ चौका र १ छक्कासहित १ सय १४ रनमा आउट भए । बेन कक्स ५९ र इड बर्नार्डले ७९ रन बनाए । केन्टका म्याट हेनरी र म्याट क्विनले तीन तीन विकेट लिए ।

इंग्ल्यान्डको यू–१९ टोलीबाट खेलि सकेका ४५ प्रथम श्रेणीको खेलमा ४ शतक र १० अर्धशतकसहित २ हजार १ सय १ रन बनाएका छन् । १७ लिष्ट ए खेलमा ४ सय ९३ रन बनाएका छन् ।

May 8, 2024

हेड र अभिषेकको सानदार ब्याटिङमा हैदरावादको जित 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बुधबार सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्समाथि सानदार जित दर्ता गरेको छ । हैदरावादले विष्फोटक ब्याटिङ गर्दै लखनऊ माथि १० विकेटको जित निकालेको हो ।   हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १ सय ६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो । हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार […]

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

Success

Thank you for your time.