9 years ago
December 18, 2016
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोली एउटा सुखद नतिजाका साथ श्रीलंकामा जारी एसिसी यू १९ एसिया कपको यात्रा टुंगाउने पक्कै पनि चाहन्छ । त्यसका लागि आज मलेसियाविरुद्ध हुने समूह चरणको अन्तिम खेल जित्नु पर्ने हुन्छ । नेपाल जस्तै मलेसिया पनि सुरुआती दुई खेल हार्दै प्रतियोगितबाट बाहिरिसकेको छ ।

नेपाल र मलेसियाबीचको खेल बिहान नेपाली समय अनुसार सवा १० मा सुरु हुनेछ । जारी प्रतियोगितामा मलेसियाले भन्दा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ । श्रीलंकासँग २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १ रनको झिनो अन्तरले पराजित भएको थियो । त्यस्तै प्रतियोगिताकै दाबेदार भारतसँग ६ विकेटले हर्दा टोलीले १ सय ७२ रन जोडेको थियो ।
मलेसिया भने भारतसँग २ सय ३५ रन र श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो । समूह एबाट सेमिफाइनल पुगिसकेका भारत र श्रीलंकाबीच पनि आज प्रतिस्पर्धा हुदैछ । अर्को समूहमा बंगलादेश, पाकिस्तान, अफगानिस्तान र सिंगापुर छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]