default_image

3 years ago

August 11, 2022

द हन्ड्रेडमा २० वर्षीय युवाको ऐतिहासिक शतक

300 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका युवा ओपनर विल स्मीडले बर्मिंघम फोनिक्सबाट शतक प्रहार गर्दै इतिहास रचेका छन् । उनले बुधबार राती फोनिक्सबाट साउर्थन ब्रेभविरुद्ध शतक हान्दै द हन्ड्रेडमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् ।

टस हारेर पहिला ब्याटिङ थालेको फोनिक्सले निर्धारित एक सय बलमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनायो । विल स्मीडले ५० बलमा ८ चौका र ६ चौकासहित १ सय १ रनको शतकीय इनिङ खेले ।

२० वर्षीय स्मिडले इंग्ल्यान्डका डेथ ओभर स्पेलिष्ट क्रिस जोर्डन, टाइमल मिल्स, जर्ज ग्रेटन र अष्ट्रेलिया मार्कस स्टोइनिस जस्ता बलरविरुद्ध शतक हानेका हुन् ।

कप्तान मोईन अली १७, लियाम लिभिङस्टोन २१ र म्याथ्यु वेडले १० रन बनाए । मार्कस स्टोइनिस, क्रिस जोर्डन, ज्याक लिन्टन र जेम्श फुलरले एक एक विकेट लिए ।

जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको ब्राभे ८५ बलमा १ सय २३ रनमा अल आउट भयो । उसका एलेक्स डेभिसले २४ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३३ रन बनाए । कप्तान जेम्श भिन्स १७, क्विन्टन डि कक १५ र टिम डेविड ११ रनमा आउट भए ।

हेनरी ब्रुक्सले २० बलमा ९ बल डट राख्दै २५ रन खर्चेर ५ विकेट लिए । केन रिचर्ड्सन १५ बलमा ७ डट राख्दै १९ रन खर्चेर ३ विकेट लिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.