3 years ago
August 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक सिनियर टोलीमा पर्न सफल विकेटकिपर ब्याटर अर्जुन साउदलाई अमेरिकामा बस्दै आएका माधव भण्डारीले क्रिकेट ब्याट सहयोग गरेका छन् । हाम्रो खेलकुद डटकमले बिहीबार अर्जुनको सिनियर टोली सम्मको यात्रा लेख्ने क्रममा ‘राष्ट्रिय टोलीबाट डेब्यु गर्न मागेको ब्याट पर्खंदै अर्जुन‘ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

उक्त समचारपछि अर्जुनलाई अमेरिकामा रहेका भण्डारीले ब्याट सहयोग गर्ने जनाएका थिए । शुक्रबार अर्जुनलाई हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनाले दुई वटा ब्याट र दुई जोर ग्लोब्स प्रदान गरेका थिए । सम्पादक तिमल्सिनाले अमेरिकामा रहेका भण्डारीको आग्रहमा प्रतिनिधित्व गर्दै अर्जुनलाई ब्याटर र गल्भ्स प्रदान गरे ।
यसअघि अर्जुनसँग यो स्तरमा खेल्ने ब्याट थिएन । त्यसैले अभाव टार्न अर्जुनले भारतीय यू–१९ क्रिकेट टोलीबाट खेलेका पराग मोहन मडकैकरसँग ब्याट मागेका थिए । त्यहिँ विषयलाई लिएर हाम्रो खेलकुदले समाचार प्रकाशित गरेको थियो । त्यसपछि अर्जुनलाई ब्याट सहयोग गर्ने प्रतिबद्धता आएका छन् ।
‘उहाँलाईलाई म धन्यावाद दिन चाहन्छु । म आफैं किन्न सक्ने आर्थिक अवस्था थिएन । उहाँलाई फेरि धन्यावद’, अर्जुनले भने, ‘राम्रो ब्याटले आत्माविश्वास फरक हुन्छ । आफ्नै ब्याट भएपछि सोच नै अर्कै आउछ । यो मेरो ब्याट हो । मैले आफूलाई मन परेको ब्याट रोजेको छु ।’
‘मैले समचार देखेपछि केहि सहयोग गरौं भन्ने लागेको हो । नेपाली टोली सम्म पुगेको खेलाडीसँग एउटा स्तरीय ब्याट छैन भन्दा नमज्जा लाग्यो । यसले आगमी दिनमा अन्य खेलाडीको लागि पनि प्रेरणा मिल्न सक्छ’, भण्डारीले हाम्रो खेलकुदसँग भने ।
भण्डारी शंखुवासभाको धर्मादेवी नगरपालिका ४ मा जन्मिएका र पछि इटहरी बसाईसरेका थिए । उनी सन् २००८ देखि भने अमेरिकाको टेक्सास रहँदै आएका छन् । अमेरिकामा उनले एभरेष्ट लिकवयर सञ्चालन गर्दै आएका छन् ।
अर्जुनले नेपालको यू–१९ टोलीबाट खेलि सकेका छन् । घरेलुु क्रिकेट भने सुदूरपश्चिमबाट खेल्ने गर्दछन् । गत डिसेम्बरमा अर्जुनले यू-१९ एसिया कपमा श्रीलंकाविरुद्ध ८० बलमा ३ चौका र २ छक्कासहित ६४ रनको इनिङ खेलेका थिए ।

काठमाडौंमा सम्पन्न यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्जुनले ५ इनिङमा २ सय ४१ रनका साथ सर्वाधिक रन बनाउने ब्याटरमा दोस्रो स्थानमा थिए । मधेश प्रदेशविरुद्ध अर्जुन साउदले पाँचौं नम्बरमा ब्याटिङ गर्दै ८५ बलमा १४ चौका र ५ छक्का सहित १ सय १६ रनको यादगार शतकीय इनिङ खेलेका थिए ।
दुई वर्षअघि पिएम कपमा नेपाली क्रिकेटका सर्वाधिक सफल पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल सम्मिलित बागमतीविरुद्ध अर्जुनले दुई वर्षअघि सुदूरपश्चिमबाट डेब्यू गर्दै २८ बलमा १ चौका र ३ छक्का सहित धेरैको ध्यान तानेका थिए ।
यो पनि पढ्नुहोस् : राष्ट्रिय टोलीबाट डेब्यु गर्न मागेको ब्याट पर्खंदै अर्जुन
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]