9 years ago
December 18, 2016
काठमाडौं (हाम्रोखेलकुद)- श्रीलंकामा जारी यु-१९ एसिया कपको तेस्रो खेलमा मलेसियाबिरुद्ध नेपाल एक विकेटले बिजयी भएको छ । मलेसियाबिरुद्ध १५४ रनको चुनौती पाएको नेपालले उक्त लक्ष्य पछ्यौदा नेपालले एक विकेट बांकी छँदै जित हात पारेको हो। ९औ विकेटकालागि पवन श्राफ र अनिल शाहले ३९ रनको साझेदारी गर्दा जित सम्भब भएको थियो ।

टस हारेर ब्याटिङ गर्न आएको मलेसियाको लागि भिरान्दिप सिंहले अर्धशतक प्रहार गर्नु बाहेक अरु ब्याटस्म्यानले खासै गतिलो योगदान गर्न सकेनन । मलिफ ११ र हसिफ २१ले मात्र दोहोरो अंक जोड्न सफल भएका थिए । मलेसियाले ४४.३ ओभर खेल्दै १५३ रन बनाएको हो । चौथो नम्बरमा ब्याटिङ गर्न आएका भिरान्दिपले ७५रन बनाए । नेपालका लागि आदिल खानले सर्बाधिक ३ विकेट लिए भने सन्दिप र दीपेन्द्रले २ तथा रोहित र उराओले पनि १-१ विकेट लिए । मलेसियाका एक खेलाडिलाई दीपेन्द्रले रन आउट गरेका थिए ।
१५४रनको लक्ष्य सहित ब्याटिङ गर्न उत्रीको नेपालले सुरुवातमै ६ रन मात्र प्रहार गर्दा लगातार दुई विकेट गुमायो । आशिफले १ र आदिलले कुनै रन बनाउन सकेनन । पहिलो नम्बरमा ब्याटिङ गर्न आएका अविनाशले २९ रन, फर्ममा रहेका दीपेन्द्रले २२, अनिल शाहले ३२, रोहितले १२ र पवनले २९ रन प्रहार गरे, अरुकुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन । नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]