default_image

3 years ago

August 21, 2022

नवौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेट भदौमै गर्ने तयारी

453 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फको क्रिकेट टियु मैदानमा भदौ २२ देखि गर्ने प्रस्ताव गरेको छ । नवौं राष्ट्रिय प्रतियोगिता असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ ।

नवौं राष्ट्रिय हुने समयमा नेपाल टि२० लिग आयोजना हुने हुँदा क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई भदौ २२ देखि २९ सम्म टियु क्रिकेट मैदानमा गर्ने प्रस्ताव गरेको छ । राखेपले प्रदेशसँग अनुमति मागेको बुझिएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले भदौ २२ देखि २९ सम्म गर्ने तयारी गरेको बताए । ‘हामीले प्रस्ताव गरेका छौं । राखेपले प्रदेशसँग सहमति लिनुपर्छ । त्यसको लागि पत्राचार भइसकेको छ । उताबाट सहमति आउने बितिक्कै अघि बढ्छ । प्रतियोगिता टि२० संरचनामा हुनेछ’, मल्लले हाम्रो खेलकुदसँग भने ।

नेपाली क्रिकेट टोली भदौ ७ मा पाँच टि२० आई र तीन एकदिवसिय अभ्यास खेल खेल्न केन्या जानेछ । टि२० आई सिरिज भदौ ९ देखि १४ सम्म हुनेछ । एकदिवसिय अभ्यास खेल भने भदौ १७ देखि २० सम्म हुनेछ । त्यस लगत्तै खेलाडीले फर्केर राष्ट्रिय खेलकुद खेल्नेछन् ।

नेपाल टि२० लिग भने असोज ८ देखि कार्तिक ५ सम्म चल्नेछ । मल्ल नेपाल टि२० लिग भने समयमै हुने बताउँछन् । तर हालसम्म क्यानको तयारी हेर्दा भने समयमै हुन् कठिन देखिन्छ । क्यानले हालसम्म ६ मध्य चार फ्रेन्चाइज टोलीको मात्र नाम सार्वजनिक गरेको छ ।

कान्तिपुर क्यापिटल, जनकपुर रोयल्स, विराटनगर सुपरकिंग्स र लुम्बिनी अल स्टार्सको नाम सार्वजनिक गरेको थियो । पोखरा र फार वेस्टर्नको टोलीको स्वामित्वबारे भने सार्वजनिक गरेको छैन । कान्तिपुर बाहेक अन्य टोलीले लोगो पनि सार्वजनिक गरिसकेका छन् ।

नेपाल टि२० लिगको ड्राफ्ट पनि नवौं राष्ट्रिय क्रिकेटकै समयमा हुने मल्ल बताउँछन् । ‘हामी ड्राफ्टदेखि अन्य सबै प्रक्रिया भ्याइसक्छौं । नेपाल टि२० लिग शतप्रतिशत त्यहिँ समयमा हुन्छ । त्यो समयमा नभए त आइसिसीबाट समयनै छैन । त्यसैले जसरी पनि गर्नुपर्छ’, मल्लले भने ।

नेपाल टि२० लिगमा हरेक टोलीले ११ नेपाली खेलाडी किन्नुपर्नेछ । ड्राफ्ट अन्तर्गत ए ग्रेडमा ६, बी ग्रेडमा २४ र सी ग्रेडमा ३६ खेलाडी हुनेछन् । ए ग्रेडका खेलाडीले १५ लाख, बी ग्रेडका खेलाडीले १० लाख र सी ग्रेडका खेलाडीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यसअघिका फ्रेन्चाइज टोलीले युवा खेलाडीलाई मौका दिन ट्यालेन्ट हन्टबाट एक खेलाडी अनिवार्य राख्ने नियम बनाएका थिए । मल्ल यो सबै बन्ने क्रममा रहेको बताउँछन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.