3 years ago
August 18, 2022
एजेन्सी – कप्तान बाबर आजमसहित तीन ब्याटरको अर्धशतकमा पाकिस्तानले दोस्रो ओडिआई खेलमा घरेलु टोली नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज पाकिस्तानले एक खेल अगावै जितेको छ ।

जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ३३.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा मोहम्मद रिजवान ८२ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ६९ रनमा अविजित रहे । सलमान अली अघा ३५ बलमा ५ चौका र २ छक्कासहित ५० रनमा अविजित रहे । उनको पहिलो ओडिआई अर्धशतक हो ।
ओपनर फखर जमान ३ र इमाम उल हक ६ रनमा आउट भए । कप्तान बाबर आजमले ६५ बलमा ७ चौकासहित ५७ रन बनाए । नेदरल्यान्ड्सका भिभियन किंग्माले सर्वाधिक दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्स ४४.१ ओभरमा १ सय ८६ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका बास डि लिडेले १ सय २० बलमा २ चौका र ३ छक्कासहित सर्वाधिक ८९ रन बनाए । टम कपुरले ७४ बलमा ७ चौका र २ छक्कासहित ६६ रन बनाए ।

सुरुवात ८ रन जोड्न तीन विकेट गुमाउँदै खराब गरेको थियो । तर चौथो विकेटका लागि लिडे र कपुरले १ सय ९ रनको शतकीय साझेदारी गरेका थिए । तर अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
पाकिस्तानका हरिस रौफले ७.१ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । मोहम्मद नवाजले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । नसिम साहले ६ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
पहिलो खेलमा पाकिस्तान १६ रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]