default_image

3 years ago

August 20, 2022

सन्दीप र वानिन्दु हसरंगा एकै टोलीमा

444 views

0 Bookmark

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले र श्रीलंका क्रिकेट टोलीका स्टार लेगस्पिनर वानिन्दु हसरंगा युएई क्रिकेट बोर्डले आयोजना गर्ने इन्टरनेसनल लिग २० प्रतियोगिता डेजर्ट भाइपर्सबाट सँगै खेल्ने भएका हुन् ।

भाइपर्सले टोली घोषणा गर्दा विश्व क्रिकेटका वर्तमान समयका उत्कृष्ट लेगस्पिनर वानिन्दु र एसोसिएट स्टार सन्दीप एकै टोलीमा परेका हुन् । दुबै लेग स्पिनर हुँदा सन्दीपले तुलनात्मक रुपमा कम अवसर पाउन सक्छन् । त्यो समय श्रीलंकाको अन्तर्राष्ट्रिय सिरिज जुधेमा भने सन्दीपले बढी अवसर पाउन सक्ने सम्भावना पनि रहन्छ ।

हरेक टोलीले दुई एसोसियट खेलाडी अनिवार्य रुपमा लिनुपर्ने हुन्छ । सन्दीप र नामिबियाका रुबेन ट्रम्पलम्यानलाई भाइपर्सले टोलीमा अनुबन्ध गरेको हो । ६ फ्रेन्चाइजले नै आफ्नो टोली घोषणा गर्दा सन्दीप बाहेक अन्यले स्थान पाउन सकेनन् । सन्दीप मार्की खेलाडी हुँदा टोलीमा विक्ने यसअघिनै पक्कापक्की थियो ।

भाइपर्स लान्सर क्यापिटलको स्वामीत्वमा रहेको टोली हो । टोलीको मुख्य प्रशिक्षकमा इंग्ल्यान्डका पूर्व क्रिकेटर जेम्स फोस्टर र टम मुडी क्रिकेट निर्देशकको रुपमा छन् । यस लिगमा सहभागी टोलीले लिग अवधिभरका लागि १८ खेलाडी अनुबन्धन गर्न पाउँछन । जसमा ४ जना यूएईका खेलाडीसँगै २ जना एसोसिएट खेलाडी हुनुपर्ने नियम छ । हरेक खेलको प्लेइङ ११ मा दुई जना यूएई र एकजना एसोसिएट टोलीका खेलाडी अनिवार्य हुनुपर्ने प्रावधान छ ।

प्रतियोगिता २०२३ को आगमी जनवरी फेब्रुअरीमा हुनेछ । त्यो समयमा नेपालले आइसिसी विश्वकप लिग २ मा अन्तिम दुई त्रिकोणात्मक सिरिज खेल्ने सम्भावना पनि छ । त्यस्तै प्रतियोगिता अष्ट्रेलियाको बिबिएल र बंगलादेशको बिपिएलसँग जुध्ने सम्भावना छ । प्रतियोगितामा कुल ३४ खेल हुनेछन् । यसका लागि दुबई, अबुधावी र शारजाहको मैदान प्रयोग हुनेछ ।


सन्दीप सम्मिलित डेजर्ट भाइपर्सको टोली :

साम बिलिंग्स, शेल्डन कटरेल, टम करन, बेन डुकेट, सकिब मोहम्मद, एलेक्स हेल्स, वानिन्दु हसरंगा, बेनी होवेल, आजम खान, सन्दीप लामिछाने, कोलिन मुनरो, शेर्फान रदरफोर्ड, रुबेन ट्रम्पलम्यान ।

November 14, 2025

जनकपुर बोल्ट्स र म्यानेजमेन्टबीच निरन्तर सहकार्य

हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]

November 14, 2025

काठमाडौं गोर्खाज र प्रभु महालक्ष्मीको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

Success

Thank you for your time.