default_image

2 years ago

August 20, 2022

भारतलाई एक खेल अगावै सिरिज

एजेन्सी – भारतले दोस्रो ओडिआई खेलमा जिम्बावेलाई ५ विकेटले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । तीन ओडिआई खेलको सिरिजमा भारतले २-० को अग्रता लिएको छ । जितको लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको भारतले २५.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका विकेटकिपर सञ्जु स्यामसनले ३९ बलमा ३ चौका र […]

102 views

0 Bookmark

एजेन्सी – भारतले दोस्रो ओडिआई खेलमा जिम्बावेलाई ५ विकेटले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । तीन ओडिआई खेलको सिरिजमा भारतले २-० को अग्रता लिएको छ ।


जितको लागि १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको भारतले २५.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतका विकेटकिपर सञ्जु स्यामसनले ३९ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४३ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच चुनिए ।

ओपनर शिखर धवन २१ बलमा ४ चौकासहित ३३ रन, कप्तान लोकेश राहुल १, ईशान किशन ६ र दीपक हुडा २५ रनमा आउट भए । शुभमन गिल ३४ बलमा ६ चौकासहित ३३ रनमा आउट भए । जिम्बावेका ल्यूक जोंगवेले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि हरारे स्पोटर््स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावे ३८.१ ओभरमा १ सय ६१ रनमा अल आउट भयो । जिम्बावेका सेन विलियम्सले ४२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । रयान बर्ल ४७ बलमा ३ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतका शार्दुल ठाकुरले सर्वाधिक तीन विकेट लिए । पहिलो खेलमा भारत १० विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

Success

Thank you for your time.