default_image

2 years ago

August 21, 2022

२०११ को विश्वकपपछि भारतीय टोलीमा देखिएका पाँच समस्या

एजेन्सी – भारतले पछिल्लो पटक सन् २०११ को एकदिवसिय विश्वकप फाइनलमा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले जितेको त्यहीँनै अन्तिम विश्वकप उपाधि हो । त्यसपछि भारतीय टोली विश्वकपको ट्रफी उचाल्न सकेको छैन । भारतले विश्व क्रिकेटमा सिरिजमा हेर्ने हो भने सानदार प्रदर्शन गर्दै आएको छ । विराट कोहलीको कप्तानीमा भारतले तीन […]

160 views

0 Bookmark

एजेन्सी – भारतले पछिल्लो पटक सन् २०११ को एकदिवसिय विश्वकप फाइनलमा श्रीलंकालाई हराउँदै उपाधि जितेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा भारतले जितेको त्यहीँनै अन्तिम विश्वकप उपाधि हो । त्यसपछि भारतीय टोली विश्वकपको ट्रफी उचाल्न सकेको छैन ।

भारतले विश्व क्रिकेटमा सिरिजमा हेर्ने हो भने सानदार प्रदर्शन गर्दै आएको छ । विराट कोहलीको कप्तानीमा भारतले तीन शैलीमा मात्र होईन विदेशमा गएर पनि सानदार प्रदर्शन गर्यो । रोहित शर्माको कप्तानीमा भारतले त्यसलाई निरन्तरता दिएको छ । रोहित आक्रामक क्रिकेट खेल्ने रणनीतिमा छन् ।

लिग र समूह चरणमा सानदार प्रदर्शन गरेपनि निर्णायक खेलमा चुक्दै आएको छ । २०११ को एकदिवसिय विश्वकप उपाधिपछि भारतीय टोलीमा देखिएका पाँच प्रमुख समस्या यस प्रकार छन् ।

५. बायाँ हाते बलरको अभाव

Nehra

सन् २०११ को विश्वकपपछि भारतीय टोलीमा बायाँ हाते तीव्र गतिका बलरको अभाव प्रमुख कमजोरीको रुपमा रहँदै आएको छ । उक्त विश्वकप जिताउन बायाँ हाते बलर जाहिर खान र आशिष नेहराको प्रदर्शन महत्वपूर्ण थियो । सेमिफाइनलमा पाकिस्तान स्तब्ध पार्न नेहरा र जाहिर खानले राम्रो खेलेका थिए । पाकिस्तान त्यो समय विश्वकै एक उत्कृष्ट टोली थियो ।

भारतले आषिश र जाखिरपछि बायाँ हाते तीव्र गतिका बलरमा बरिन्दार स्रान, टि नटराजन र खलिल अहमदलाई प्रयोग गरेपनि नियमित टोलीमा स्थान बनाउन सकेनन् । पछिल्लो समय अर्शदीप सिंहले बायाँ हाते बलरको रुपमा राम्रो प्रभाव छाडेका छन् ।

अर्शदिप नियमित प्लेइङ ११ मा स्थान बनाउन खोज्दैछन् । यश दयाल र मोहसिन खान आइपिएलमा बायाँ हाते बलरमा सम्भावना देखाएका छन् । स्तरीय बायाँ हाते बलर नहुँदा त्यसको असर ब्याटरमा पनि पर्दै आएकोछ ।

४. चौथो नम्बरको स्थायी ब्याटर नपाउनु

२०११ को विश्वकपमा भारतको शीर्ष चार ब्याटरमा विरेन्द्र सहवाग, सचिन तेन्दुलकर, गौतम गम्भीर र विराट कोहली थिए । कोहली चौथो नम्बरमा ब्याटिङ गरेका थिए । दायाँ हाते ब्याटरको प्रदर्शन प्रतियोगिताभर राम्रो रह्यो । सहवाग, गम्भीर र तेन्दुलकरले सन्न्यास लिएपछि कोहलीले तेस्रो नम्बरमा ब्याटिङ गरे ।

कोहलीले तेस्रो नम्बरमा सानदार प्रदर्शन गरे । तर चौथो नम्बरमा आएका कुनैपनि ब्याटरले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेनन् । भारतले चौथो नम्बरमा अम्बाती रायुडू, महेन्द्रसिंह धोनी, अजिक्या रहाणे, मनिष पाण्डे, सुरेश रैना, दीनेश कार्तिक, श्रेयस ऐर हुँदै सूर्य कुमार यादव सम्मका ब्याटर प्रयोग गर्यो ।

कुनैपनि ब्याटरले भारतको चौथो नम्बरको ब्याटिङ समस्या भने समधान गर्न सकेनन् । २०१५ र २०१९ को विश्वकपमा सेमिफाइनलबाट बाहिरिनुको एक कारण हो । २०१९ को विश्वकपमा भारतको प्रमुख समस्यानै चौथो नम्बरको ब्याटर थियो । वर्तमान समयमा भने सूर्यले चौथो नम्बरमा स्थायी ब्याटरको सम्भावना देखाएका छन् ।

३. अलराउन्डरको अभाव

२०११ को विश्वकप समयमा धोनीसँग बलिङमा थुप्रै विकल्प थिए । सचिन, युसुफ पठान, सहवाग, युवराज सिंह ब्याटिङमात्र होईन बलिङमा पनि जिम्मवारी निर्वाह गर्थे । युवराजलाई धोनीले बायाँ हाते बलरको रुपमा भरपुर प्रयोग गरे ।

भारतले अलराउन्डरको रुपमा हार्दिक पान्ड्या, अक्षर पटेल, दीपक हुडा, वेंकटेश ऐर, रविन्द्र जडेडा, शार्दुल ठाकुर, शिवम दुबे, विजय शंकर, वासिन्टन सुन्दर र केधार जाधव लगायतका खेलाडीलाई प्रयोग गरेको छ । तर सचिन र युवराजको स्थान लिन सक्ने गुण भएको अलराउन्डर पाउन सकेन ।

हार्दिक र जडेजाले भारतीय टोलीबाट राम्रो प्रदर्शन गरेका छन् । तर चोटका कारण टोली बाहिर जाने र आउनेक्रम यी दुबै खेलाडीको छ । २०२२ को विश्वकपमा जडेजा र पान्ड्या दुबैबाट भारतले ठूलो अपेक्षा गरेको छ ।

२. तीनै ढाँचाका खेलाडीको अभाव

पहिला भारतको टोलीमा तीन ढाँचामा खेल्ने खेलाडीको एउटा सेट थियो । सचिन, सहवाग, धोनी, जाहिर खान र हरभजन सिंह तीनै ढाँचामा खेल्ने खेलाडी थिए ।

पछिल्लो समय भारतीय टोलीमा तीनै ढाँचामा खेल्ने खेलाडी कमै छन् । धवन ओडिआई मात्रै खेल्छन् । पुजारा टेस्ट मात्र खेल्दै आएका छन् । पछिल्लो समय विराट कोहली, ऋषभ पन्त, जडेजा र बुमराहले मात्र तीनै ढाँचामा लगातार खेल्दै आएका छन् ।

१. अनुभवी खेलाडीको कमी

भारतले २०१९ को एकदिवसिय विश्वकप र २०२१ को टि२० विश्वकपमा खराब प्रदर्शन गर्नुको मुख्य कारण अनुभवीको कमी थियो । भारतले २०१९ को सेमिफाइनलमा २ सय ४० रनको विजयी लक्ष्य पूरा गर्न सकेको थिएन । के एल राहुल, ऋषभ पन्त, दीनेश कार्तिक, हार्दिक पान्ड्यामा अनुभवीको कमी थियो ।

२०२१ को विश्वकपमा भारतले आइपिएलको प्रदर्शनलाई आधार मान्दै टोली निर्माण गरेको थियो । तर पाकिस्तानसँग आफ्नो विश्वकप इतिहासमा पहिलो पटक पराजित हुन पुग्यो । पाकिस्तानसँग १० विकेट र न्युजिल्यान्डसँग ८ विकेटले पराजित हुँदै भारत समूह चरणबाटै बाहिरिएको थियो ।

भारत जुन गल्ती आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा उक्त गल्ती दोहोराउन चाहदैन । रोहित शर्माको कप्तानीमा भारत अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ छाप छोड्न चाहन्छ ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.