3 years ago
August 21, 2022
एजेन्सी – तीव्र गतिका बलर नसिम शाहको पाँच विकेटको सहयोगमा पाकिस्तानले तेस्रो ओडिआई खेलमा नेदरल्यान्ड्समाथि ९ रनको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा पाकिस्तानले क्लिनस्विप गरेको छ ।

जितका लागि २ सय ७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा १ सय ९७ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका टप कुपरले १ सय ५ बलमा ४ चौकासहित सर्वाधिक ६२ रन बनाए । ओपनर विक्रमजित सिंहले ८५ बलमा ७ चौकासहित ५० रनको योगदान दिए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
पाकिस्तानका नसिम शाहले १० ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । नसिम शाहले ओडिआई करिअरको पहिलो पटक पाँच विकेट लिएका हुन् । मोहम्मद वासिम जुयिनरले ९.२ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको पाकिस्तान ४९.४ ओभरमा २ सय ६ रनमा अल आउट भएको थियो । पाकिस्तानका कप्तान बाबर आजमले १ सय २५ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ९१ रनको योगदान दिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओपनर फखार जमान २६, अघा सलमान अली २४ र मोहम्मद नवाज २७ रनमा आउट भए । नेदरल्यान्ड्सका बास डि लिडेले सर्वाधिक तीन विकेट लिए । भियिन किंग्माले दुई विकेट लिए ।
पाकिस्तान पहिलो खेलमा १६ रन र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । पाकिस्तानले अव एसिया कपमा २८ अगष्टमा भारतसँग खेल्नेछ ।
November 14, 2025
हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]