default_image

2 years ago

August 22, 2022

वेस्टइन्डिजमाथि सानदार जितसँगै न्युजिल्यान्डलाई सिरिज

एजेन्सी – न्युजिल्यान्डले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ५ विकेटले हराउँदै सिरिज जितेको छ । न्युजिल्यान्डले पहिलो खेल गुमाएपनि त्यसपछि लगातार दुई खेल जितका साथ सिरिज जितेको हो । जितको लागि ३ सय २ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा कप्तान टम लाथमले […]

143 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ५ विकेटले हराउँदै सिरिज जितेको छ । न्युजिल्यान्डले पहिलो खेल गुमाएपनि त्यसपछि लगातार दुई खेल जितका साथ सिरिज जितेको हो ।

जितको लागि ३ सय २ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा कप्तान टम लाथमले ७५ बलमा ६ चौकासहित सर्वाधिक ६९ रनको योगदान दिए । जेम्श निसमले ११ बलमा १ चौका र ४ छक्कासहित ३४ रनमा अविजित रहँदै खेल सकाए ।

ओपनर मार्टिन गुप्टिल ६४ बलमा ५ चौका र १ छक्कासहित ५७ रन र फिन एलेन ३ रनमा आउट भएका थिए । चौथो विकेटका लागि डर्याल मिचेल र टम लाथमले १ सय २० रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । मिचेल ४९ बलमा ६ चौका र १ छक्कासहित ६३ रनमा आउट भए ।

दोस्रो विकेटका लागि गुप्टिल र कन्वेले ८२ रनको साझेदारी गरेका थिए । कन्वे ६३ बलमा ६ चौकासहित ५६ रनमा आउट भए । वेस्टइन्डिजका जेसन होल्डर र यानिक कारियाहले समान दुई विकेट लिए ।

त्यसअघि बार्बाडोसमा टस हारेर ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १ रन बनाएको थियो । वेस्टइन्डिजका ओपनर काइल मेयर्सले १ सय १० बलमा १२ चौका र ३ छक्कासहित १ सय ५ रनको शतकीय इनिङ खेले । उनको यो ओडिआई करिअरको दोस्रो शतक हो ।

कप्तान निकोलस पुरनले ५५ बलमा ४ चौका र ९ छक्कासहित ९१ रनको विष्फोटक इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । ओपनर शाई होप र काइल मेयर्सले पहिलो विकेटका लागि ३४.५ ओभरमा १ सय ७३ रनको सानदार सुरुवात गरेका थिए । होप १ सय बलमा ३ चौका र १ छक्कासहित ५१ रनमा आउट भए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्टले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चेर ३ विकेट लिए । मिचेल सान्टनरले दुई, टिम साउथी, लोकी फर्गुसन र जेम्स निसमले एक एक विकेट लिए ।

पहिलो खेलमा न्युजिल्यान्ड ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा डकवर्थ लेविस पद्धतीको आधारमा ५० रनले विजयी भएको थियो ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.