default_image

2 years ago

August 22, 2022

गिलको सानदार शतकमा जिम्बावेलाई बलियो लक्ष्य

77 views

0 Bookmark

एजेन्सी – युवा ब्याटर शुभमन गिलको सानदार शतकमा भारतले तेस्रो ओडिआई खेलमा जिम्बावेलाई २ सय ९० रनको बलियो लक्ष्य दिएको छ । हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८९ रन बनायो ।

भारतका शुभमन गिलले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ९७ बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक १ सय २९ रनको शतकीय इनिङ खेले । गिलको यो सिनियर टोलीबाट पहिलो अन्तर्राष्ट्रिय शतक हो ।

ओपनर शिखर धवन र लोकेश राहुलले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । धवन ६८ बलमा ५ चौकासहित ४० रनमा आउट भए । कप्तान राहुल ४६ बलमा १ चौका र १ छक्कासहित ३० रनमा आउट भए ।

ईशान किशनले ६१ बलमा ६ चौकासहित ५० रनमा आउट भए । तेस्रो विकेटका लागि ईशान किशन र गिलले १ सय २७ बलमा १ सय ४० रनको शतकीय साझेदारी गरेका थिए । भारतका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । सञ्जु स्यामसन १३ बलमा २ छक्कासहित १५ रनमा आउट भए ।

जिम्बावेका तीव्र गतिका बलर ब्राड इभान्सले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए । सिरिज भने भारतले एक खेल अगावै जिति सकेको छ ।

May 6, 2024

नेपाली टोली अमेरिका पुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो । नेपालबाट प्रस्थान गर्ने विमानमा बिजनेस क्लास टिकट अभाव भएपछि दुई समूहमा टोली नेपालबाट प्रस्थान गरेको थियो । शनिबार राती प्रस्थान गरेको पहिलो समूह फ्लोरिडा […]

May 6, 2024

कोलकातासँग लखनउको हार

एजेन्सी – कोलकाता नाइट राइडर्स आइतबार लखनउ सुपर जाइन्ट्सलाई ९८ ले हराउँदै इन्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको ११ खेलबाट १६ अंक पुगेको छ। समान अंकसहित दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सले एक‌ खेल कम खेलेको छ। लखनउ १२ अंकका साथ पाँचौं स्थानमा छ। २ सय ३६ रनको लक्ष्य पछ्याएको लखनउलाई १६.१ […]

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

Success

Thank you for your time.