3 years ago
August 22, 2022
एजेन्सी – भारतले युवा ब्याटर शुभमन गिलको शतकको सहयोगमा तेस्रो ओडिआई खेलमा जिम्बावेलाई १३ रनले हराउँदै क्लिनस्विप गरेको छ ।

जितको लागि २ सय ९० रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे ४९.३ ओभरमा २ सय ७६ रनमा अल आउट भयो । जिम्बावेका सिकन्दर राजाले ९५ बलमा ९ चौका र ३ छक्कासहित १ सय १५ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । राजाको यो ओडिआई करिअरको पाँचौं शतक हो ।
जिम्बावेका लागि आठौं विकेटका लागि ब्राड इभान्स र राजाले ७७ बलमा १ सय ४ रनको शतकीय साझेदारी गर्दै एक समय जिततर्फ अघि बढाएका थिए । अन्तिम ९ बलमा १५ रन चाहिँएको अवस्थामा राजा क्याच आउट भएपछि जिम्बावेको जित टाढिएको थियो । राजा शार्दुल ठाकुरको ४९ औं ओभरको चौथो बलमा गिलबाट क्याच आउट भए ।

अनुभवी खेलाडी सन विलियम्स ४६ बलमा ७ चौकासहित ४५ रनमा आउट भए । इभान्स ३६ बलमा २ चौकासहित २८ रनमा आउट भए । जिम्बावेका अन्य ब्याटरले भने राम्रो गर्न सकेनन् ।
भारतका आवेश खानले ९.३ ओभरमा १ मेडनसहित ६६ रन खर्चेर ३ विकेट लिए । दीपक चाहर, अक्षर पटेल र कुलदीप यादवले दुई दुई विकेट लिए ।
त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ८९ रन बनायो । भारतका शुभमन गिलले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ९७ बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ३० रनको शतकीय इनिङ खेले । गिलको यो सिनियर टोलीबाट पहिलो अन्तर्राष्ट्रिय शतक हो ।

ओपनर शिखर धवन र लोकेश राहुलले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । धवन ६८ बलमा ५ चौकासहित ४० रनमा आउट भए । कप्तान राहुल ४६ बलमा १ चौका र १ छक्कासहित ३० रनमा आउट भए ।
ईशान किशनले ६१ बलमा ६ चौकासहित ५० रनमा आउट भए । तेस्रो विकेटका लागि ईशान किशन र गिलले १ सय २७ बलमा १ सय ४० रनको शतकीय साझेदारी गरेका थिए । भारतका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । सञ्जु स्यामसन १३ बलमा २ छक्कासहित १५ रनमा आउट भए ।
जिम्बावेका तीव्र गतिका बलर ब्राड इभान्सले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए । भारत पहिलो खेलमा १० विकेट र दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]