9 years ago
December 20, 2016
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको प्रतिबन्ध यथावत रहँदा क्यानको निर्वाचित पक्षले भने आज बार्षिक साधारणा सभा गर्दै छ । विवादबीच गत बर्ष मंसिरको अन्त्यमा चतुरबहादुर चन्दको अध्यक्षतामा कार्यसमिति चयन भएको थियो ।

साधारणा सभामा भाग लिन जिल्लाबाट राजधानी आइसकेको निर्वाचित क्यानका उपाध्यक्ष दिवाकर घलले जानकारी दिए । केन्द्रिय समिति र प्रतिनिधि गरि झन्डै ८० जनाले साधारण सभामा भाग लिने घलेले बताए । गत बर्ष निर्वाचिन भाग लिने जिल्ला प्रतिनिधिले नै साधारण सभामा भाग लिने बताइएको छ । ‘पछिल्लो एक बर्षमा नेपाली क्रिकेटमा भएका घटनाको समिक्षा हुनेछ ’ उनले भने,‘अब कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि छलफल गर्नेछौं ।’
आइसिसीले नेपाल क्रिकेट विवादको समाधानका लागि भन्दै गत महिना क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे र उद्योगी बसन्त चौधरीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो । तर, निर्वाचित क्यानले त्यसलाई प्रतिनिधि समेत पठाउन अस्वीकार गर्दै आएको छ ।
क्यानको दोहोरो अस्तित्वको कारण देखाउँदै आइसिसीले गत बर्ष नेपाल माथि प्रतिबन्ध लगाएको थियो । यद्दपी, अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भने नेपाली सिनियर जुनियर र महिला टोलीको सहभागिता भने रहँदै आएको छ । चन्दको नेतृत्वमा रहेको क्यानको अस्तित्व अस्वीकार गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गत बर्ष पुसमा रमेश सिलवालको अध्यक्षतामा अलग्गै तदर्थ समिति गठन गरेको थियो ।
त्यसपछि निर्वाचित क्यानले राखेप, सदस्य सचिव, तदर्थ समितिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा सर्वोच्चमा विचाराधिन छ । सरकारी हस्तक्षेप र निर्वाचित दुवैलाई अस्वीकार गर्दै आइसिसीले प्रतिबन्ध लगायता नेपालको घरेलु क्रिकेट शिथिल रहँदै आएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]