3 years ago
August 30, 2022
एजेन्सी – नेपालले केन्यासँगको पाँचौं तथा निर्णायक टि२० आई खेल टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ । आरिफ शेखलाई बेन्चमा राख्दै विवेक यादवलाई मौका दिएको छ । त्यस्तै स्पिनर साहब आलमलाई बाहिर राख्दै बसिर अहमदलाई मौका दिएको छ ।
चार खेल सकिँदा सिरिज २–२ को बराबरी अवस्थामा छ । नेपाल पाँचौं खेल जित्दै सिरिज जित्ने सोचमा छ । तर चौथो खेलमा १ सय २ रनको योगफल पछ्याउँदा नेपाललाई ९४ रनमै रोकेको केन्याको मनोबल उच्च छ ।
नेपाल भने मानसिक रुपमा दबाबमा हुनेछ । नेपालले सिरिज जित्न अन्तिम खेलमा सानदार ब्याटिङ गर्नुपर्ने हुन्छ । नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । तेस्रो खेलमा ४ विकेटले विजयी हुँदा चौथो खेलमा ७ रनले स्तब्ध भएको थियो ।
ज्ञानेन्द्र मल्ल, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले जिम्मेवारीका साथ प्रदर्शन गर्नुपर्ने हुन्छ । रकिप पटेल, इफरान करिम र लुकास ओलुओच प्रमुख ब्याटर हुन् । यी तीन खेलाडीले यस सिरिजमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । स्पिनर शेम न्गोचे, विरज पटेल र रकिप स्पिन हतियार हुन् ।
नेपालको प्लेइङ ११ :
सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल, अर्जुन साउद (विकेटकिपर), विवेक यादव, दीपेन्द्रसिंह ऐरी, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, वसिर अहमद र पवन सरार्फ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]