default_image

9 years ago

December 20, 2016

क्यानको निर्वाचित समितिको साधारण सभा सम्पन्न, सिओओ लामा पद मुक्त

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– देश भित्र र बाहिरका सम्बन्धित निकायबाट पछिल्लो एक बर्षमा कुनै साथ समर्थन नपाएपनि नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचित समितिले मंगलबार पाँचौं साधारण सभा गरेको छ । रक्षामन्त्री बालकृष्ण खाँडले उद्घाटन गरेको क्यानको साधारण सभा तीन वटा निर्णय गर्दै सम्पन्न भएको छ ।

can

निर्वाचित कार्यसमितिलाई शसक्त बनाई संस्थागत विकास गरि क्रिकेट खेल गतिविधिलाई नियमित गर्न जोड दिएको साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)लाई पूर्व निर्णयमा संसोधन गरि क्रिकेट विकासमा निर्वाचित समितिलाई सहयोग गर्न अपिल गरेको छ ।

क्यानका पूर्व कार्यवहाक अध्यक्ष टिवि शाहको स्मृतिमा राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको क्यानले सन्तोषजनक कार्य नभएको भन्दै सिओसो छुम्मी लामालाई पदबाट मुक्त गरेको छ । केन्द्रिय समिति, क्षेत्रिय र जिल्ला प्रतिनिधि गरि ९१ मध्ये ८३ जनाको साधारण सभामा उपस्थिति रहेको निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

आइसिसीले क्यानमाथि लगाएको प्रतिबन्ध यथावत रहँदा निर्वाचित समितिले शक्ति प्रदर्शन गर्दै साधारण सभा गरेको छ । नेपाली काग्रेसका मन्त्री, सभासद र अन्य खेल कर्मीको बाक्लो उपस्थितिका बीच निर्वाचित समितिले साधारण सभाको उद्घाटन गरेको थियो । साधारण सभालाई सफलताको शुभकामना दिदै अधिकांश वक्ताले क्यानमाथि राजनीतिक हस्तक्षेप भएको आरोप लगाएका थिए ।

can1

विवादबीच गत बर्ष मंसिरको अन्त्यमा चतुरबहादुर चन्दको अध्यक्षतामा कार्यसमिति चयन भएको थियो । आइसिसीले नेपाल क्रिकेट विवादको समाधानका लागि भन्दै गत महिना क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे र उद्योगी बसन्त चौधरीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो ।

तर, निर्वाचित क्यानले त्यसलाई प्रतिनिधि समेत पठाउन अस्वीकार गर्दै आएको छ । क्यानको दोहोरो अस्तित्वको कारण देखाउँदै आइसिसीले गत बर्ष नेपाल माथि प्रतिबन्ध लगाएको थियो । यद्दपी, अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भने नेपाली सिनियर जुनियर र महिला टोलीको सहभागिता भने रहँदै आएको छ ।

चन्दको नेतृत्वमा रहेको क्यानको अस्तित्व अस्वीकार गर्दै ले गत बर्ष पुसमा रमेश सिलवालको अध्यक्षतामा अलग्गै तदर्थ समिति गठन गरेको थियो । त्यसपछि निर्वाचित क्यानले राखेप, सदस्य सचिव, तदर्थ समितिविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा सर्वोच्चमा विचाराधिन छ । सरकारी हस्तक्षेप र निर्वाचित दुवैलाई अस्वीकार गर्दै आइसिसीले प्रतिबन्ध लगायता नेपालको घरेलु क्रिकेट शिथिल रहँदै आएको छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.