3 years ago
September 2, 2022
काठमाडौंं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा आज घरेलु टोली केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा नैरोबी जिमखाना क्लब ग्राउन्डमा सुरुहुनेछ ।

सिरिज तीन खेलको एकदिवसिय अभ्यास खेल हुनेछ । सन्दीप लामिछाने भने टि२० आई सिरिजपछि क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका छन् । तीन एकदिवसिय अभ्यास खेलमा नेपालको कप्तानी युवा ब्याटर रोहित पौडेलले गर्नेछन् ।
रोहितले नेपाली यू-१९ टोलीबाट कप्तानी गरि सकेका छन् । सिनियर टोलीबाट भने गत जेठमा अमेरिका भ्रमणमा ह्युस्टन हरिकेन्सविरुद्ध कप्तानी गर्दै शतकीय इनिङ खेलेका थिए ।
नेपालको ओपनिङ आसिफ शेख र देव खनालले गर्ने सम्भावना छ । तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल, चौथोमा दीपेन्द्रसिंह ऐरी र पाँचौंमा रोहित पौडेल हुनेछन् । ओपनरको सुरुवात निकै महत्वपूर्ण हुनेछ । नेपालले आदिल अन्सारी र अर्जुन साउदलाई पनि मौका दिनेछ ।

यो अभ्यास खेल हुँदा प्लइङ-११ को खेलाडीलाई नै खेलाउनु पर्छ भन्ने हुँदैन । नेपालले ब्याटिङ र बलिङ दुबै आफूलाई आवश्यक भएमा प्लेइङ-११ बाहिरको खेलाडीलाई पनि गराउन सक्छ ।
तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र किशोर महतो हुनेछन् । स्पिनरमा साहब आलम र बसिर अहमद छन् । विवेक, आदिल र आरिफ अलराउन्डर हुन् ।
यता केन्या पाँच टि२० आई सिरिजमा दुई खेल जितेको थियो । केन्या एकदिवसिय खेलमा सानदार प्रदर्शन गर्ने सोचमा छ । केन्याको ओपनिङ इफरान करिम र एलेक्स ओबान्डाले गर्नेछन् । इफरान केन्याका प्रमुख ब्याटर हुन् ।
कोलिन्स ओबुया, रकिप पटेल र गुरदीप सिंह मध्यक्रमका ब्याटर हुन् । रकिप नेपाललाई घातक बन्नसक्ने खेलाडी हुन् । बलिङतर्फ स्पिनर विरज पटेल नेपाली ब्याटरलाई निराश बनाउन सक्छन् ।
November 14, 2025
हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]
November 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]