default_image

2 years ago

September 2, 2022

नेपालको राम्रो सुरुवात

काठमाडौंं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्याविरुद्ध राम्रो सुरुवात गरेको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले सुरुवाती ७ ओभरमा २ विकेट गुमाउँदै २८ रन बनाएको छ । केन्याका नेल्सन २ र इफरान करिम १६ रनमा अविजित छन् । तीव्र गतिका बलर सोमपाल कामीले […]

97 views

0 Bookmark

काठमाडौंं (हाम्रो खेलकुद) – नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली केन्याविरुद्ध राम्रो सुरुवात गरेको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले सुरुवाती ७ ओभरमा २ विकेट गुमाउँदै २८ रन बनाएको छ । केन्याका नेल्सन २ र इफरान करिम १६ रनमा अविजित छन् ।

तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको पाँचौं बलमा ओपनर सुखदीप सिंहलाई ५ रनमा कट एण्ड बोल्ड आउट गरे । करण केसीले चौथो ओभरको दोस्रो बलमा एलेक्स ओबान्डालाई शून्यमा विकेटकिपर अर्जुन साउदबाट क्याच गराए ।

सिरिज तीन खेलको एकदिवसिय अभ्यास खेल हुनेछ । सन्दीप लामिछाने भने टि२० आई सिरिजपछि क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका छन् । तीन एकदिवसिय अभ्यास खेलमा नेपालको कप्तानी युवा ब्याटर रोहित पौडेलले गरेका छन् ।

रोहितले नेपाली यू–१९ टोलीबाट कप्तानी गरि सकेका छन् । सिनियर टोलीबाट भने गत जेठमा अमेरिका भ्रमणमा ह्युस्टन हरिकेन्सविरुद्ध कप्तानी गर्दै शतकीय इनिङ खेलेका थिए । पाँच टि२० आई खेलको सिरिज नेपालले ३–२ ले जितेको थियो ।

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

Success

Thank you for your time.