default_image

2 years ago

September 5, 2022

नेपाललाई केन्याको चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – घरेलु टोली केन्याले तेस्रो एकदिवसिय अभ्यास खेलमा नेपाललाई २ सय ५६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । जिमखाना क्लब मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५५ रन बनायो । केन्याका तेस्रो नम्बरका ब्याटर कोलिन्स ओबुयाले १ सय ११ बलमा ७ चौका र २ छक्कासहित […]

147 views

0 Bookmark

एजेन्सी – घरेलु टोली केन्याले तेस्रो एकदिवसिय अभ्यास खेलमा नेपाललाई २ सय ५६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । जिमखाना क्लब मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५५ रन बनायो ।

केन्याका तेस्रो नम्बरका ब्याटर कोलिन्स ओबुयाले १ सय ११ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ८४ रन बनाए । स्पिनर साहब आलमले बोल्ड गरेपछि उनी शतक बनाउन चुकेका थिए । तल्लोक्रमका लुकास ओलुओचले विष्फोटक ब्याटिङ गरेपछि केन्याले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको हो ।

लुकासले २७ बलमा ५ चौका र ५ छक्कासहित आक्रामक ५७ रनको अविजित इनिङ खेलेका थिए । अन्तिम ओभरमा स्पिनर बसिर अहमदलाई लुकासले २० रन प्रहार गरेका थिए ।

ओपनर नेल्सन ४ रनमा रन आउट भए । दीपेन्द्रसिंह ऐरीले चौथो ओभरको तेस्रो बलमा मिडअनबाट रन आउट गराएका थिए । सुखदीप सिंह र कोलिन्सले दोस्रो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए । सुखदीप ६७ बलमा ४ चौकासहित ३७ रनमा सोमपाल कामीबाट क्याच आउट भए ।

प्रमुख ब्याटर राकिप पटेल ७ र सचिन भुडिया ८ रनमा आउट भए । तल्लोक्रमका इमानुलएल बुन्डी ३१ बलमा २ चौकासहित २३ रनमा आउट भए । कप्तान शेम न्गोचे २० बलमा १ चौका र १ छक्कासहित १७ रनमा आदिल अन्सारीको बलमा बोल्ड भए ।

नेपालका सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ३६ रन खर्चेर २ विकेट लिए । आदिल अन्सारीले १० ओभरमा १ मेडनसहित ५६ रन खर्चेर २ विकेट लिए । साहब आलमले १० ओभरमा ५६ रन खर्चेर १ विकेट लिए । बसिर अहमदले ९ ओभरमा ४७ रन खर्चेर १ विकेट लिए ।

नेपालले तीन एकदिवसिय अभ्यास खेलको सिरिज एक खेल अगावै जितेको छ । नेपालले पहिलो खेल ७ विकेट र दोस्रो खेल १७ रनले विजयी भएको थियो ।

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

May 3, 2024

रोमाञ्चक खेलमा हैदराबाद १ रनले विजयी

एजेन्सी – सनराईजर्स हैदराबादले राजस्थान रोयल्स माथि रोमाञ्चक जित जीत दर्ता गरेको छ । अन्तिम बलसम्म पुगेको खेलमा राजस्थानलाई हैदराबादले १ रनले पराजित गरेको हो । २०२ रनको लक्ष्य पछ्याएको हैदराबादलाई अन्तिम दुई ओभरमा जितका लागि २० रनको आवश्यकता रहेको थियो । १९औं ओभरमा कप्तान प्याट कमिन्सले ७ रन मात्र दिए । अन्तिम ओभरमा १३ […]

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

Success

Thank you for your time.